मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले अगामी मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मन्त्रीपरिषद्को बैठकले २ मंसिरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
Advertisement 1
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ ।
नेवार समुदायहरुले मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २ मंसिरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रकाशित :२०७७ कार्तिक २६, बुधबार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%