तीन महिनापछि डोटीमा प्रजिअ

गृह मन्त्रालयले तीन महिनापछि डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ । डोटी विगत तीन महिनादेखि प्रजिअविहीन बनेको थियो ।

Advertisement 1

निमित्त प्रजिअका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकरबहादुर विष्टलाई प्रजिअ तोकेको हो । विष्टले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर कामकाज सञ्चालन गर्दै आएका थिए ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएपछि डोटी प्रजिअ विहीन भएको थियो । खनाल सरुवा भएर गएपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए । प्रजिअ र प्रशासकीय अधिकृत समेत नहुँदा जिल्लामा काम गर्न निकै समस्या भएको थियो ।

प्रकाशित :२०७८ आश्विन १७, आईतवार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry