जसपाबाट ५ जनाले मन्त्री पदको शपथ लिँदै: महतोलाई आपूर्ति मन्त्रालय, अरू कसलाई कुन ?
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका ५ जना नेताले आज मन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।
Advertisement 1
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री महतो हुनेछन् भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा शरतसिंह भण्डारी जानेछन् ।
त्यसैगरी अनिलकुमार झाले शहरी विकास मन्त्रालय, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय तथा उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने गरी टुंगो लागेको छ । श्रीवास्तव र अरगरिया उपेन्द्र यादवको साथ छाडेर ठाकुर खेमामा आएका हुन् । उनीहरूले लो प्रोफाइलको मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूसहित पाँचै जनाले आजै शपथ लिने महन्थ पक्षको विश्वास छ । उनीहरुले गृह मन्त्रालयसहित ८ मन्त्रालय र २ राज्यमन्त्री मागेका थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता विधेयक पनि पास गरेकी थिइन्। जुन जसपाको प्रमुख मुद्दा रहँदै आएको थियो ।
Advertisement 2