बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त

बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो। सो मन्त्रालयको सचिवमा खड्का नियुक्त भएका हुन्।
Advertisement 1
उनी स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुन्। उनले स्वास्थ्य सेवा तर्फ आफूले पत्र बुझिसकेको बताए। यसअघि खड्का स्वास्थ्य कार्यालय काठामाडौँका प्रमुख जनस्वास्थ्य प्रशासकका रुपमा कार्यरत थिए।
प्रकाशित :२०७८ आश्विन १३, बुधबार १५:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













