२५ बर्षसम्म भिख मागेर अहिले ४४ बालबालिका हुर्काइरहेका एक मनकारी :- तिलबहादुर कार्की

भन्छन नि विष नभएको सर्प र ईख नभएको मान्छे काम छैन् । त्यही ईखले हिजोको भिखमंगा जीवनबाट माथि उठेर आज उनी,४४ असहाय बालबालिकाका पिता बनेका छन ।आफ्नै कोखबाट नजन्मेर के भयो ? तिनको अभिभावकत्व उठाइरहेका रियल हिरो हुन उनी अर्थात तील बहादुर कार्की,जो जन्मजात अपांग । आफैं परित्यक्त, एक्ला, कठोर र अनौठा जीवनको भुक्तभोगी तर साहरा बनिरहेछन् बेसहारा टुहुरा बालबालिकाको ।

Advertisement 1

आजभन्दा ४९ वर्षअघि सामान्य परिवारमा माहिलो छोराको रूपमा जन्मिएका हुन्, उनी । उनको जन्म भएदेखि नै परिवारसँग एक प्रकारको दूरी बढ्यो । यस्तै पीडादायी विगतबाट उनको विगतलाई नियाल्दा भाग्यले भन्दा पनि आफ्नैले ठगेका पात्र हुन ।
अपांग भएकै कारण विना गल्ती आमाछोरालाई गाईगोठमा लगेर राखेको नमीठो स्मरणले पटक पटक घोचिरहन्छ उनलाई । हो,त्यही घोचाईले आज उनी आफ्ना लागि कम र अरुका लागि धेरै बाँचेर समाजमा अनुकरणीइ व्यक्तित्व बन्न सफल भएका छन् ।
सरलाङ–४, पाँचथरमा जन्मिए,जन्मजात उनका दुवै खुट्टाको पैताला सद्धे छैनन् । दुवै हात खुट्टामा छ/छ वटा औला भएका सन्तान जन्माएसँगै समाजले आमालाई टेकसो गरेको धेरै पटक सुने, राक्षस जन्माइस् । त्यही कारण उनलाई गाउँभरि नै ‘अलछ्निा’ को बात लाग्यो ।

उनी जन्मे लगतै उनको आमालाई पूर्वजन्मको पाप बोकेको भनेर गाली बर्साइयो । उनी अपांग जन्मेकै कारणले भगवानको श्राप लाग्छ भनेर उनी र उनको आमालाई परिवारबाट छुट्टै बस्न लगाइयो । पशु राख्ने गोठमा । अवोध बालक,शारिरिक रुपमा अशक्त जन्मेकै कारण उनी र आमालाई बाख्राको खोरमा राखियो । यस्तो पीडादायी जिन्दगी गुर्जान पर्दा उनको आमाको आँखा कहिल्यै ओभानो भएन् । आफू र आमामाथि परिवार र समाजको अत्याचार अवोध बालकले के बुझोस ? उनले यो कुरा अलि बुझ्ने भएपछि थाहा पाए, उनी अशक्त भएकै कारणले उनको आमाले समाजको टोकसो सहनुपरेको । आमा रुन्थिन,आमासँगै उनी । समाजले उनी र उनको आमालाई बाटोमा कतै देख्दा भन्थ्यो ‘यी अल्छिनाको अनुहार देखियो अब के दशा लाग्ने हो ?’

Advertisement 2

 

May be an image of 15 people, child and people standing
साथीभाइ खेल्न डराउँथे उनीसँग। उनीसँग मित्रवत् व्यवहार गर्ने कोही थिएन । उनलाई गाउँ समाजले एक्लो बनायो । समाजको छिछि र दूरदूरले विक्षिप्त बनेका उनीसँग आफ्नो जिन्दगीलाई धिक्कार्नुबाहेक अरु केही बिकल्प थिएन् । उनी सानै थिए । कलिलै उमेरमा जीवनसँग मात्र हैन समाजसँग संर्घष गर्दै थिए । केही गरेर देखाउनुपर्छ भन्ने ईख लिएर स्कुल गए । तर, स्कुलमा उनलाई हेप्ने र चेप्नेक्रम शुरु भयो । साथीहरुले जिस्काउने,होच्याउने,पिट्ने व्यवहारबाट दुई दिनमै आजित भए । तेश्रो दिनदेखि विद्यालय टेकेनन् । दुई दिनमा धेरै कुरा सिके । समाजमा अपहेलित भएर बस्नुभन्दा मृत्युवरण गर्नु उचित सोचे । पटक पटक गरी सात पटकसम्म मृत्युवरणको असफल प्रयास गरे । उनले विद्यालयमा पाठ्यपुस्तक पढेनन् त के भयो ? सिंगो जीवन,जगत पढे सिकें । भन्छन नि पढेरभन्दा परेर सिकेको ज्ञान दिगो हुन्छ । हो त्यही ज्ञान र भोगाईले उनलाई आम मान्छेभन्दा माथि उठाएको छ ।

Advertisement 3

उनी भर्खर ९ बर्षमै टेक्दै थिए । समाजको अत्याचार सहन नसकेर आमाले उनलाई घरमै छाडेर माइत गएर बस्न थालिन् । उनी एकलो भए,साथ गर्ने हात कतै
भेटिएन् । आफ्नो अपाङ्ग शरिरलाई घर्सादै उनी पाँचथरबाट झापा झरे । हिँड्दै झापासम्म आइपुग्दा उनलाई दुई महिना लाग्यो । ९ बर्षकै उमेरमै घर छाडेर भित्रिए काठमाडौं ०३८ सालमा । रहरले कम, कहरले बढी । जाडो महिना । गाडी धेरै चल्दैनन् थिए । झापाबाट कसैले थाहा नपाउने गरि उनी गाडी चढे । गाडीको हुटमा सामान छोप्ने त्रिपाल थियो । त्रिपालमुनि लुुसुक्क लुकेर झापादेखि काठमाडौंसम्मको यात्रातय गरे ।

अनि शुरु भयो सडक जिन्दगी । घरमै आफन्तको माया नपाएका उनालई यो शहरमा कस्ले माया दिन्थ्यो र ? दैनिकीथ्यो, पसल पसल माग्दै हिँडने । केहीको मन रसाँउथ्यो र दिइहाल्थें,धेरैको मन ढुंगाजस्तो । सधै मागेर खानुभन्दा काम गरेर पेट पाल्ने सोच बनाए । उनले पेटको ज्वाला निभाउन बानेश्वरको एउटा होटलमा हात कुहिने गरी भाँडा माझे । साहुले मान्छेको जस्तो व्यवहार गरेनन् ।

एक दिन होटलमा आएका ग्राहकले उनलाई बालस्याहार केन्द्रमा जान सुझाए । ती ग्राहकले दिएको ठेगाना पछ्याउँदै जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा पुगेको तर पालेले गेटभित्र छिर्नै नदिएपछि बौद्ध गएर माग्न शुरु गरे । बस्नलाई पाटी–सत्तल छँदै थिए । बिस्तारै उनले पशुपतिमा पनि मागेर पैसा जम्मा गर्न थाले । यस्तो समस्या र पीडा आफूलाई जस्तै अरुलाई पनि परेको होला भन्ने सोचले उनमा परसेवाको भावना जन्मियो र तिनीहरुका लागि केही गर्नुपर्छ भनेर मागेर पैसा जम्मा गर्न थाले । तर, राति आफूभन्दा ठूला साथीहरूले चोर्न थालेपछि उनले वनकालीको रूखको फेदमा पैसा गाड्न थाले ।

पशुपतिमा दिनदिनै मागेर जम्मा भएको पैसा जयबागेश्वरी जङ्गलमा गाडेर राख्न थाले । त्यो क्रम २५ वर्षसम्म चल्यो । २०३८ सालदेखि माग्न थालेका उनी ६३ सालको अन्त्यतिर पैसा निकाल्ने योजना बनाउन थाले । तर खाल्टोमा गाडेको पैसा एक्लै निकाल्न सकेनन् । आफूले २५ बर्षदेखि खाल्डोमा पैसा गाढेर राखेको तर निकाल्न नसकेको कुरा प्रहरीलाई सुनाए । शुरुमा त प्रहरीले पनि उनको कुरा पत्याएन् । र,२५ वर्षपछि गौशाला वडा प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षकको रोहबरमा निकाले तर अधिकांश कागजी नोट कुहिएको पाए । दन्त्य कथा झै लाग्ने उनका यी व्यथा यत्तिकैमा टुङ्गिएन । बाँकी सिक्का पैसा प्रहरीको सहायता लिएर गन्दा पाँच लाख ३२ हजार ५२ रुपैंया पुगेछ ।

May be an image of 28 people

उनले जीवनमा कहिल्यै पाँच लाखको एकमुस्ट रकम देखेका थिएनन् । त्यो रकम देखेपछि उनी मुर्छित बने । उनलाई साता दिनसम्म उपचारका लागि महाराजगंजस्थित टिचिङ अस्पताल पुर्याइयो । त्यहाँबाट उनी सकुशल फर्किए । त्यो पैसाले उनले विं सं २०६४ सालमा ७ जनाको टिम बनाएर जोइन्ट डिसेवल युनीटी आवाज नामक सस्था दर्ता गरे । सस्थामा द्वन्दपीडित, अपांग, अशक्त बालबालिकाहरु ल्याए । रुकुम, रोल्पालगायत विकट बस्तिका बच्चाहरु हुन् या बाबुआमा जेलमा परेका बच्चाहरु सबै बच्चाहरुलाई उनले सहारा दिए । काठमाडौंको गोकर्णेश्वर मन्दिरबाट सुन्दरीजलतर्फ करीब आधा किलोमिटर अगाडि बढेर बायाँ लागेपछि टिनको चारकोठे टहरो देखिन्छ । टाढाबाट स्कूलजस्तो देखिने यो टहरो ४४ बालबालिका र तिनका ‘बुबा’ तिलबहादुर कार्की भेटिन्छन् । भूकम्पपछिपनि उनको सस्थाले धेरै अनाथहरुलाई सहयोग गर्यो । उनको सस्थामा अहिले नर्सरी पढ्नेदेखि क्याम्पस पढ्नेसम्मका बच्चाहरु छन् ।

उनले अहिलेसम्म देशविदेशमा बस्ने नेपालीहरुको सहयोगबाट सस्था चलाइरहेका छन् । विविध कारणले बेसहारा बनेका बालबालिकालाई उनले संरक्षण दिएको १३ वर्ष भयो । उनीहरू गोकर्णस्थित भीमदेव प्रावि, गोकर्ण मावि र हात्तिगौंडास्थित ट्रङग्राम इन्टरनेसनल एकेडमीमा पढीरहेका छन् । यसअघि उनीहरु हात्तीगौंडास्थित गणेश मावि र चुनीखेलको नलिनी माविमा पढेका थिए । त्यसरी तीन जना द्वन्द्व पीडित बालबालिकाबाट समाज सेवा थालेका पाँच वर्षमा उनको मूल धन सकियो । त्यसपछि उनले मुट्ठी अभियान चलाए, काठमाडौंका गल्लीगल्ली डुले । त्यसबेला शान्तिनगर क्षेत्रमा पाएको चामलले ठूलो भरथेग गरेको उनी बताउँछन् । त्यसरी पनि संस्था चल्यो । राजेश हमाल, अन्जु पन्त लगायतका कलाकारहरूले दोहो¥याई तेहे¥याई सहयोग गर्न आउँछन । उनको सस्थामा कलाकारहरु जन्मदिन मनाउन आउँछन् । व्यावसायीहरु विवाहको वार्षिक उत्सव मनाउन आउछन् । यसरी नैसस्थामा विभिन्न पेशा व्यावसाय गर्ने व्यक्तिहरु आएर बच्चाहरुलाई खाना खुवाउछन् । लत्ताकपडा प्रदान गर्छन् । केही आर्थिक सहयोग गरेर जान्छन् । बालबालिकालाई पढाउन खुवाउन र बस्न दिन अत्यन्त गाह्रो छ ।स्रोतको लागि अशक्त शरीर लिएर एक ठाउँबाट अर्को ठाउँ धाइरहेका छन् । ४४ जना बच्चा पाल्नको लागि अशक्त शरीर लिएर संर्घष गरिरहेका छन् ।

May be an image of 1 person, sitting and food

२८ वर्षअघिदेखि उनी घरमा गएका थिएनन् । परिवारले उनको माया मारिसकेको थियो । काजक्रिया नै गरिसकेको थियो । उनलाई यसको बारेमा केही थाहा थिएन् । उनलाई घरपरिवारको भन्दा आफूले पालेको बच्चाहरुका माया लाग्थ्यो । उनी समाजसेवामा लागेपछि उनको चर्चा परिचर्चा हुँदै थियो । उनको घरका परिवारहरुले टिभी मार्फत उनी जिउँदै भएको थाहा पाए । त्यसपछि खोज्दै उनका परिवारहरु आए । उनको फेरि पुर्नजन्म गरेर न्वारान गरियो । अहिले परिवासँग राम्रो समबन्ध रहेको उनी बताउँछन् । सात वर्षको उमेरमा घर छोडेका २८ वर्षपछि परिवासंग पुर्नमिलन भयो ।

यसरी हिजो विद्यालयमा हेला गर्ने साथीहरु अधिकांश गुमनाम छन् । तर उनले यो बीचमा प्रधामन्त्रीदेखि राष्ट्रपतिका हातबाट  थुप्रै पटक सम्मान थापेका छन् । स्वदेशमा मात्र होइन उनको योगदानको कदर गर्दै थाइल्याण्डबाट सम्मानीत भएका छन् ।

भन्छन नि जिन्दगीमा सबै कुरा खानु तर हरेश कहिल्यै नखानु । जीवनमा झण्डै पाँच दशकको यात्रामा दौडिरहेका उनीसँग अझैं उस्तै छ आँट,साहस र उत्साह । यी रियल हिरोलाई हाम्रो पनि साधुवाद ।
०००

प्रकाशित :२०७८ आश्विन १०, आईतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry