कर्मचारी र नेतालाई ठाडो चुनौती दिँदै उपसचिव सञ्जेलले लिए अवकाश

निजामती सेवामा रहेर भ्रष्टचारविरुद्ध लड्दै आएका कर्मचारीका रुपमा परिचित उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन् । ५८ बर्षे उमेर हदका कारण उनले सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्। ४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन्। आफू पनि घूस नखाने र घूस दिन आउने जो कोहीलाई उल्टै कारवाही गर्ने उनको नाराकै कारण उनी जागिरे अवधिभर चर्चामा रहे । कतिपय अन्यायमा परेका सेवाग्राहीहरु सञ्जेललबाट न्याय पाइन्छ भन्ने छाप छाड्न सफल भए उनी ।

Advertisement 1

सञ्जेल २०३८ साल कात्तिक २८ गतेबाट खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका उनी ०४६ साल असार २७ गते नायब सुब्बामा बढुवा भए । उनी २०६६ साल कात्तिक २९ गते उपसचिवमा बढुवा भए । श्रम कार्यालयमा खटिए । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका कारण उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका थिए । राजनीतिक पहुँचका आधारमा हाजिर भएको तीन महिनामै सरुवामा परेपछि सर्वोच्च अदालतबाट मुद्दा जितेर काममा फर्किएपछि सोही कार्यालयबाट अवकास लिएका छन् ।

श्रममा रहँदा सञ्जेलले विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग गर्ने, गैरकानुनी रुपमा विदेश पठाउने तथा कामदारलाई शोषण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई कारबाही गर्ने गरे। वैदेशिक रोजगारीका नाममा ठगिएको ३ करोड १० लाख रुपैयाँ असुल गरिदिए। कार्यालयका सूचना अधिकारी रामप्रसाद तिमल्सिनाका अनुसार सञ्जेलको निर्णयबाट वैदेशिक रोजगारी ठगीमा संलग्न ११० जना हिरासतमा र थुनामा परे। ठगिएका ४ हजार ५ सयभन्दा बढीले न्याय पाएको दिलाएको उनको भनाई छ । सञ्जेलका अनुसार २ वर्ष ८ महिना १४ दिन श्रम कार्यालयमा बिताउँदा १० हजारभन्दा बढी मजदुरलाई न्याय दिएको सुनाए।
अवकाश भएर जाँदाजाँदै उनले सरकारको नेतृत्वकर्तालाई गाली समेत गरेका छन् ।

Advertisement 2

स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ

भ्रष्टाचारी, कालो कमाउने, घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे, घोप्टे, कपटी, चाप्लुसे देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसन खोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक संरक्षकहरु र।जागिर बाटर सेवाबाट र पेशाबाट र कामबाट  अवकाश भैर वा खारेजभै ‘सँधैको लागि’ घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र ‘घुस्याहा कालो अनुहार’ तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको ‘प्रायोजन’ गर्छन् । मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद ।

Advertisement 3

नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन् । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

नेपालका सबै कर्मचारी साथी,तिमीले आफ्नै देश सुधार्न के कसम खायौँ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनी, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ रु मैले भ्रष्टाचारबिरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिँडने आबश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर÷स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद

 

प्रकाशित :२०७८ असार १९, शनिबार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry