को हुन इन्टेग्रीटी आईकन २०२१ बाट सम्मानित मनमाया भट्टराई ? (यस्तो छ बिगत)
पछिल्लो समय सार्वजनिक सेवामा महिलाको उपस्थिती बाक्लिदो छ । अहिले मुलुकका ६ जिल्लाको कमाण्ड महिलाले गर्दैछन् । मुलुकका ७७ जिल्लामध्ये हाल भक्तपुरमा रुद्रादेवी शर्मा, जुम्लामा विजया कुमारी प्रसाइ, सल्यानमा लक्ष्मी देवी होमागाई खतिवडा, ओखलढुङ्गामा बन्दना राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मनमायाँ भट्टराई पंगेनी, पर्वतमा देवी पाण्डे खत्री प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।
र,रमाइलो संयोग निजामति वा सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदान गरिने ‘इन्टेग्रीटी आईकन २०२१’ मा तीन जना महिला कर्मचारी चयन भएका छन् ।
Advertisement 1
अकाउन्टबिलिटी ल्याव नेपालले देशभरीबाट मनोनयनमा परेका ३३५ जनाबाट ५ जना उत्कृष्ट कर्मचारी छनौट गर्दा तीन जना महिला कर्मचारी छनौट भएका छन् जसमध्येकी एक हुन मनमाया भट्टराई पंगेनी, भेरी अस्पतालको नर्सिङ अधिकृत शिला शर्मा र भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डन डा सुमित्रा गौतम ।
मनमाया यस्तो भाग्यमानी चेली हुन,जो नवलपरासीमै जन्मिएर सोही ठाउँको सेवा गर्ने मौका पाइन् । ०५० सालमा एसएलसी उत्र्तीण गरेर प्राविधिक बिषय लिएर अध्ययन गरेकी मनमायाले सिएमएको पढाई सके लगतै २०५३ सालमा उनी अहेवको रुपमा सरकारी सेवामा प्रवेश गरिन् ।
Advertisement 2
उनको पदस्थापन नवलपरासीको अरुणखोला स्थीत नयाँढोलानी उपस्वास्थ्य चौकीमा भएको थियो । तिनताक स्वास्थ्यचौकीमा कुनै पनि पूर्वाधार थिएन । पूर्वाधार निर्माण गर्न स्वास्थ्य निर्देशनालयले १० हजार रुपैयाँ दिएको थियो । ३ महिनामा उनले आवश्यक पूर्वाधार सहितको उपस्वास्थ्यचौकी तयार गरिन् । त्यसपछि स्वास्थ्य स्वयमं सेविकाहरूसँग मिलेर गाउँगाउँमा स्वास्थ्य जनचेतना फैलाउने काम गरिन् । त्यहाँबाट उनले ललितपुरको धापाखेल स्वास्थ्यचौकीमा २ वर्ष काम गरिन् । त्यहाँ भाषाको समस्या रह्यो । उनले नेवारी भाषा सिकेर स्तनपान र संस्थागत सुत्केरी गराउनुको महत्वको बारे जनचेतना फैलाउन शुरु गरिन ।
Advertisement 3
०६३ सालमा लोकसेवा आयोगबाट अधिकृतमा नाम निकालिन । तत्कालिन महिला विकास शाखा अधिकृतमा पहिलो पोस्टिङ भएको थियो उनको । सरकारी छात्रवृत्तिमा भारतको गुरु गोबिन्द युुनिर्भसिटीबाट पब्लिक पोलिसी विषयमा स्नाकोत्तर उत्र्तीण गरिन । बादी समुदायका महिलाहरुको सशक्तीकरण लागि काम गरिन । २०६५ देखि ०६८ मा दाङ, बाँँके, बर्दिया, सुर्खेत र कञ्चनपुरमा बादी समुदायबारे राम्रो रिपोर्ट बनाइन् । जसबाट १ हजार ४ सय ३६ घरधुरी पत्ता लागेको थियो । सरकारले बादी समुदाय व्यवास्थापन समिति बनायो, नागरिकताको समस्या समाधान भयो । त्यसपछि राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भयो त्यहाँ पनि वैदेशिक रोेजगारमा जाने महिलाहरुका बारेमा अनुसन्धान गर्ने अवसर पाइन् । यो आफ्ना लागि सौभाग्यको कुरा भएको पंगेनी बताउँछिन् ।
सहसचिवको परीक्षा दिँदा उनको सासु र श्रीमान अस्पतालमा भर्ना हुनु भएको थियो । बेडमा उहाँहरुलाई छोडेर परीक्षा दिन गइन् र २०७४ सालमा सहसचिव ।
०७४ सालमा खुला प्रतिस्पर्धा मार्फत सह–सचिवमा नाम निकालेपछि केही समय निजामती किताबखानाको महानिर्देशकको जिम्मेवारी निभाइन । महिला बालबालिका मन्त्रालयमा रहँदा सुधारका केही यत्नहरु गरिन् ।
पंगेनी हाल आफ्नै माइती जिल्लामा कमाण्ड मात्रै गरिरहेकी छैनन् त्यहाँको कार्यसम्पादन देखेरै उनी ‘इन्टेग्रीटी आईकन २०२१ को टप फाइभ भित्र छनौट भइसकेकी छिन् ।