गृहमा गडबडी :- केही महिनौंसम्म जगेडामा,कोहीलाई मन्त्रालयमा तानिएको भोलीपल्टै जिम्मेवारी

गृह सचिव टेकनारायण पाण्डेले आफू निकटस्थ कर्मचारीहरुलाई गृहमा तानेर भोलीपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर पठाउँदा आधा दर्जन बढी सहसचिवलाई जिम्मेवारी दिन सकेका छैनन् । आफू निकटस्थ सहसचिवलाई गृहमा तानिएकै भोलीपल्ट सिडिओ बनाएर खटाइँदा अन्य सहसचिवहरु जिम्मेवारविहिन बनेका छन् । उनीहरुको दैनिकी मन्त्रालय जाने,हाजिर गरेर फर्कनेमा सीमित हुन थालेको छ ।
Advertisement 1
सरकारले गत २९ भदौंमा एकै पटक ८५ जना सहसचिवको सरुवा गरेको थियो । जहाँ प्रशासन सेवाका मात्र ५४ सहसचिवको सरुवा गरिएको थियो ।
जसमध्ये गृहमा १४ जना सहसचिव लगिएको थियो भने गृहबाट ११ सहसचिव बाहिरिएका थिए । प्रदेश नम्बर दुईमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट काशीराज दाहाललाई गृह मन्त्रालय वा अन्तरगत ल्याइएको छ । यस्तै,ऋषिराम तिवारीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट गृहमा लगिएको छ । ओली सरकारको अन्याय वा पेलानमा परेका राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका भीष्मकुमार भुषाल पनि गृहमा पुगेका छन् । वाग्मती प्रदेशमा कार्यरत प्रदीप कोइराला,लोकसेवा आयोगबाट कृष्णप्रसाद लम्साल,अख्तियारबाट विपिन आचार्य,कर्णाली प्रदेशबाट पुण्यविक्रम पौडेल,लुम्बिनी प्रदेशबाट शंकरहरि आचार्य,प्रदेश नम्बर २ बाट बिरेन्द्रकुमार यादव गृह वा मातहत तानिएका छन् ।
Advertisement 2
यस्तै,भूमि व्यवस्थाकै दीपककुमार पहाडीलाई गृहमा लगिएको छ भने नेपालगञ्ज उपमहानगरपालिकाबाट हिरालाल रेग्मीलाई गृहमै तानिएको छ । अख्तियारका रमेश ढकाल,उद्योगका पुष्पराज शाही पनि गृहमै पुगेका छन् ।
यता गृहबाट बाहिरिने सहसचिवहरुमा काठमाडौंबाट सिडियो कालिप्रसाद पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लगिएको छ । यस्तै,पञ्जीकरण विभागका महानिर्देशक रहेका जितेन्द्र बस्नेतलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशमा खटाइएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका प्रेमप्रसाद भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन् ।
मंगलबार सरकारले एकै पटक ८५ सहसचिवको सरुवा गरेको भोलीपल्टै गृहले गृहमन्त्रीस्तरी निर्णय गर्दै केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । जसमध्ये छन दीपककुमार पहाडी,उनलाई रामेछापको सिडिओ बनाएर खटाइएको छ । पहाडी गत ४ असोजदेखि पदमा बहाल भइसकेका छन् । यस्तै ऋृषि तिवारीलाई प्रजिअ बनाएर रुपन्देहीमा खटाइएको छ । उनी आजैबाट त्यहाँ पदबहाल भएका छन् । उसो त गृह सचिव आफैं गृह प्रशासन बारे अनुभवी कर्मचारी होइनन् ।
Advertisement 3
गृह सचिव पाण्डे त्यस अघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए । यसरी भोलीपल्टै जिम्मेवारीमा खटाइएका सहसचिवद्धय तिवारी र पहाडी दुबै भूमिव्यवस्थामै कार्यरत थिए । तिवारीलाई गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडी रामेछापको प्रजिअ बने । त्यस्तै वीरेन्द्रकुमार यादव, काशीराज दाहाल, पुन्यप्रसाद पौडेल, शंकरहरि आचार्यलाई पनि एक दिनपछि बुधबार नै सिडिओ बनाइयो ।