आइतबारदेखि सरकारी कार्यालयमा आलोपालो प्रणाली (आदेशसहित)

आइतबारदेखि सरकारी कार्यालयहरुमा आलोपालो प्रणाली लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेका हुन् ।

Advertisement 1

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले थप कडाइ गरेको छ । यसअघिदेखि नै स्मार्ट लकडाउन गर्दै आएको प्रशासनले  बिहीबार थप कडा प्रावधानसहितको आदेश जारी गरेको छ ।

यसपटक धेरैजसो कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएसँगै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि १६ बुँदे निषेधको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो ।

Advertisement 2

सो आदेशमा शनिवारदेखि सबै सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।
यस्तै सोही निषेधको आदेशमा सार्वजनिक र सरकारी कार्यालयमा आलोपालोमा सेवाप्रवाहको प्रवन्ध गर्नुपर्ने भनिएको छ। सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयमा कर्मचारीहरुलाई आलोपालोअनुसार कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउने आदेशमा भनिएको छ।

Advertisement 3

प्रकाशित :२०७८ माघ ७, शुक्रबार ०६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry