एकै पटक २३ देशमा राजदूत रिक्त

सरकारले गत मंगलबार राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गर्यो । यो निर्णयसँगै १२ देशका राजदुत फिर्ता हुनेमा परेका छन् ।

Advertisement 1

सरकारको यो निर्णयसँगै अमेरिका,बेलायत,चीन,ओमान,इजरायल,मलेसिया,बंगलादेश,जापानमा रहेका राजदुत एकै साथ तानिएका छन् । जसअनुसार अमेरिकाका लागि राजदूत युवराज खतिवडा,चीनका लागि महेन्द्रबहादुर पाण्डे,भारतका लागि नीलाम्बर आचार्य, बेलायतका लागि लोकदर्शन रेग्मी एकैसाथ तानिएका हुन् । यस्तै अन्जान शाक्य इजरायल, शर्मिला पराजुली ढकाल ओमान,नारद भारद्वाज कतार, उदयराज पाण्डे मलेसिया, वंशीधर मिश्र बंगलादेश फिर्ता हुनेमा परेका छन् ।

यो निर्णयसँगै जापानको राजदुत प्रतिभा राणा पनि तानिएकीछिन्। उनी प्रधानमन्त्री देउवाकी सासु हुन् । सरकारको यो निर्णयबाट १२ देशका राजदुत फिर्ता हुनेछन् । सरकारले राजदूत बनेका परराष्ट्र मन्त्रालयका सहसचिवहरुलाई भने यथावत राख्ने निर्णय गरेको छ । यसरी १२ वटा देशका राजदुत फिर्ता बोलाइएसँगै अब २३ वटा देशमा राजदूत रिक्त हुन पुगेको छ । यस अघि नै अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली रहेको छ ।

Advertisement 2

सरकारले परराष्ट्र सेवाका करियर डिप्लोम्याटहरुलाई भने चलाएको छैन । अहिले परराष्ट्र सेवाबाट १० वटा देशमा राजदुत छन् । युएईका लागि कृष्णप्रसाद ढकाल, राष्ट्रसंघीय स्थायी नियोगका लागि अमृतबहादुर राई, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल, पाकिस्तानका लागि तापस अधिकारी, स्वीटजरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रामकाजी खड्का, कुवेतका लागि कृष्णप्रसद भण्डारी र बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी राजदूत रहेका छन् । नेपालको विदेशस्थित ३३ वटा दुतावास रहेकामध्ये १० बाहेक सबै रिक्त बन्न पुगेका छन् ।

प्रकाशित :२०७८ आश्विन ८, शुक्रबार ०९:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry