तक्मामा गृहकै कर्मचारीको रजगज :- ९०३ जनाले पदक पाउँदा गृहबाट को को ?

सरकारले आज संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रबाट राष्ट्र विकासमा अतुलनीय योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी र अलकार तथा विभुषण गर्दैछ । कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न,सुर्वण शमशेर जबरा र झलनाथ खनाललाई राष्ट्र गौरव, ५ जनालाई महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी , ४ जनालाई सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी , न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई र्उज्ज्वल कीर्तिमय राष्ट्रदीप, २४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री,३९ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६१ जनालाई सुप्रवल जनसेवाश्री, ८ जनालाई कीर्तिमय राष्ट्रदीप, ३ सय १९ प्रवल जनसेवाश्री र १९० जनसेवाश्री गरी झण्डै ९ सयले विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गर्ने भएको छ।

Advertisement 1

मन्त्रिपरिषद्को २०७८ भदौ २९ गतेको सिफारिसअनुसार विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरिएको हो। सरकारले सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ।

यस्तै‚ दोस्रो ठूलो राष्ट्र गौरव मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्ण शमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ।

Advertisement 2

यसैगरी महाउज्जवल राष्ट्रद्वीप प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ।

सुप्रसिद्ध प्रबल जनसेवा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ। यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छन्।

Advertisement 3

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेकी छन्। मानपदवी, अलंकार र विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ।
पदक पाउनेमा गृहकै हालिमुहाली देखिन्छ ।

तक्मा पाउनेको सूचीमा पूर्व गृह सचिव महेश्वर न्यौपाने,गृहमै बसेर हाल उपराष्गट्रपति कार्यालयतिर थन्काइएका रामकृष्ण सुवेदी,प्रहरी महानिरीक्षक शैलेश थापा,सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई सुकीर्तिमय राष्ट्रद्धीप प्रदान गरिएको छ ।
यस्तै,सुप्रवल जनसेवाश्रीबाट सहसचिव टेकप्रसाद निरौला,फणिन्द्रमणि पोखरेल,घनश्याम उपाध्याय,कमलराज ढकाल,सुनिल खनाल,नारायणप्रसाद भट्टराई,डोरनाथ अर्याल छन् ।
यस्तै प्रमुख जिल्ला अधिकारीहरु छविलाल रिजाल,रुद्रादेवी शर्मा,सन्तबहादुर सुनार,जयनारायण आचार्य,कालीप्रसाद पराजुली,कोशहरि निरौला,ढुडीप्रसाद निरौला लगायत छन् । यस्तै अन्य २३ जना प्रहरीहरुलाई समेत सोही पदकबाट विभुषित हुँदैछन् ।
यस्तै प्रबल जनसेवाश्री पदक पाउनेमा गृहबाट जिप्रका कालिकोटका प्रजिअ कृष्णप्रसाद आचार्य,पञ्जीकरण विभागका युवराज कट्टेल,उपसचिवहरु दिलकुमार तमाङ,मुरारी बस्ती,खुमकान्त आचार्य,हरि पन्त,गणेश गैरे,नवराज जैसी,डा डिजन भट्टराई,सुरेश सुनार,मुकेश कुमार केशरी,रामनारायण श्रेष्ठ,रामचन्द्र तिवारी, यस्तै अन्य ४७ जना प्रहरीहरुको नामावली समावेश छ ।
यस्तै शाखा अधिकृतहरुमा गृहकै नर्वदा घिमिरे लगायत पनि पदक पाउने सूचीमा छन् ।

सरकारले सुप्रबल जनसेवाश्रीबाट प्रहरी नायब महानिरीक्षकहरू (डीआईजी) घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, मीनराज पाठक, रामकृष्ण राजभण्डारीलाई प्रदान गरेको छ ।

सुप्रबल जनसेवाश्री पदक पाउने एसएसपीहरूमा श्यामलाल ज्ञवाली, नरोत्तमलाल प्रधान, जनक भट्टराई, सुदीप गिरी, राजेशनाथ बास्तोला, बसन्तबहादुर कुँवर, उमेशराज जोशी, केदार ढकाल, मोहनकुमार आचार्य, पूजा सिंह, नरबहादुर केसी, दामोदर पौडेल, गणेशकुमार ठाकुर, रुपक महर्जन रहेका छन् ।

कीर्तिमय राष्ट्रदीपबाट प्रहरी उपरीक्षक रमेश थापा र प्रकाश रानाभाटलाई सम्मान गरिएको छ ।

प्रवल जनसेवाश्रीबाट एसपीहरू उमाप्रसाद चतुर्वेदी, बेलबहादुर पाण्डे, गोपलचन्द्र भट्टराई, शिवकुमार श्रेष्ठ, रविन्द्र रेग्मी, प्रकाश मल्ल, अच्युतबिक्रम हमाल, विपिनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।

डीएसपीहरू काजीकुमार आचार्य, नरेशराज सुवेदी, रामबाबु राना, सुधिरराज शाही, गोविन्द पुरी, हरिहरनाथ योगी, वीरेन्द्र गोदार, रविन्द्रनाथ पौडेल, चक्रराज जोशी, सञ्जीवबाबु खड्का, शिवराज बुढाथोकी, सन्तोष निरौला, अनिलकुमार घिमिरे, भेषराज रिजाल पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।

मान पदवी र विभुषण पाउने एसएसपी ज्ञवाली र डीएसपी आचार्य दाङ जिल्ला निवासी हुन् ।

निरीक्षकहरू उपेन्द्र खरेल, आयुषप्रसाद जोशी, अनिशकुमार कर्ण, भीषणबाबु राई, एलिजा गिरी, राजेन्द्रप्रसाद उपाध्याय, श्रीविन्दु शर्माले पनि सुप्रबल जनसेवाश्री पदक पाएका छन् ।

जनसेवाश्रीबाट प्रहरी नायब निरीक्षक शरण शाह, धर्मराज शाही, दिलिपसिंह अधिकारी, कृष्ण खड्का सम्मानित भएका छन् ।

प्रहरी सहायक निरीक्षक तपेन्द्रबहादुर विष्ट, रोशनप्रसाद राजवंशी, प्रमिला श्रेष्ठ, प्रहरी हवल्दार लेखबहादुर गुरुङ, सुमित्रा शाही, माधवबहादुर बस्नेत तथा प्रहरी जवान अमरराज मिश्र पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।

नेपाल प्रताप सुभूषणबाट प्रहरी उपरीक्षकहरू डिल्लीराज पन्त, भीम दाहाल, कृष्ण पंगेनी, हिमालय श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाल, सुवास खड्का, रोशन खड्का, निरञ्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डे, मुकुन्दप्रसाद रिजाल सम्मानित भएका छन् ।

प्रहरी निरीक्षकहरू बमकुमार श्रेष्ठ, नवीनकुमार अधिकारी, थमनसिंह राना, शरण महर्जन, हिरेन्द्रबहादुर रोकाय, महेश केसी, कृष्णप्रसाद विष्ट, लक्ष्मी खनाल, उमाशंकरप्रसाद शाह, शंकर पोखरेल, राधा विष्ट क्षेत्री पनि नेपाल प्रताप सुभूषणबाट सम्मानित भएका छन् ।

नेपाल प्रताप भूषण पाउनमा प्रहरी उपरीक्षक नरेशबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक पंचकुमार बाखु, निरीक्षक अनिलकुमार अधिकारी, प्रहरी नायब निरीक्षक विष्णुमणि त्रिपाठी, भगवती अर्याल, रेवतकुमार पाखरेल, रविन शाह, रोशन अधिकारी, हिमालय भण्डारी, नरेश शाही, रमेश बजगाइँ, लक्ष्मणबहादुर ऐर, विशालविक्रम शाह, विशालप्रकाश पौडेल, हर्षबहादुर चन्द रहेका छन् ।

नेपाल प्रताप भूषणबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राना, श्यामसिंह चौधरी, विकास क्षेत्री, अजित ठाकुर, तिलक पुरी, सुजन पाण्डे, टंक कार्की पनि सम्मानित भएका छन् ।

महापौरख भाष्करबाट प्रहरी हवल्दार विजयकुमार दास, केदारनाथ यादव, विष्णुबहादुर श्रेष्ठ, मानसिंह ठगुन्ना, राजेश गुरुङ, बाबुकृष्ण बखते, गम्भीरबहादुर चन्द, प्रहरी जवान सुनिता बिक, परीक्षित कार्की, मनोज दंगाल, बालकृष्ण मघैया, शान्ति चौधरी, विपिसा गुरुङ, महेन्द्रसिंह भण्डारी सम्मानित भएका छन् ।

राष्ट्र सेवक पदक प्रथम श्रेणीबाट प्रहरी कार्यालय सहयोगी सूर्यकुमारी अधिकारी सम्मानित भएकी छिन् ।

सुकीर्तिमान पदकबाट प्रहरी सहायक निरीक्षक जुनि राई सम्मानित भएकी छिन् ।

वीरता पदकबाट प्रहरी नायब उपरीक्षकद्वय स्व.समरिचन्द्र खरेल, स्व.राजकुमार केसी सम्मानित भएका छन्

 

प्रकाशित :२०७८ आश्विन ३, आईतवार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry