ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ
अख्तियारको फन्दामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जना परेका छ्न ।
Advertisement 1
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित :२०८० माघ १०, बुधबार ०८:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%