लागू पदार्थको सेवन : युवाहरुका लागि फेसन


युवाहरुको बुद्धि उनीहरु बीस वर्ष हुँदा सम्म बढ्दै र विकास हुँदै जान्छ। युवाहरूले लागु पदार्थ सेवन गर्दा त्यसले दिमागमा हुने विकासात्मक प्रक्रियाहरुलाई हस्तक्षेप गर्न सक्दछ। यो लागू पदार्थ सेवन गर्दा युवाहरूको निर्णय लिने प्रक्रियामा धेरै ठुलो असर पार्न सक्दछ। युवाहरूले पहिला लागु पदार्थको प्रयोग गर्छन्, अनि त्यसलाई निरन्तर प्रयोग गर्ने सम्भावना बढी हुन्छ र पछि जिवनभर लत बन्न जान्छ। सुरुमा प्रयोग गर्दा आनन्द र मज्जा आउछ तर पछि आफ्नो स्वास्थ्य र जीवन सबै बिग्रीन्छ। जवानीमा लागु पदार्थ सेवन गर्दा त्यसले विभिन्न किसिमको वयस्क स्वास्थ्य समस्याहरुको विकास गर्दछ जस्तैः निद्रा विकार, हृदय रोग, उच्च रक्तचाप र अन्य अरु। युवाहरुले विषेश गरी प्रयोग गर्ने लागु पदार्थ भनेको सुर्ती, गांजा र मदिरा हुन्।
न मम नश्यति किंचन ।
न मे नश्यति किंचन ।

अर्थात, मानविय मस्तिकमा कुनै नकारात्मक सोचाइ को विकास हुनुहुँदैन अन्यथा यस बाट जीवन्त असर पर्न जान्छ। मानिसको मस्तिष्क कुनै बाय कुरा बाट प्रभावित हुनु हुँदैन। भन्छन् नी जसले जस्तो गर्छ त्यसले त्यस्तै भोग्छ , हो यहां पनि त्यही हो जसले छाडिक सन्तुष्टि को लागि भनेर कुनै औषधि को प्रयोग अधिकतम गर्छ अन्तत त्यो नै लागू औषधि को सिकार बन्छ। लागू औषध दुव्र्यसन, भनेको कुनै पनि रासायनिक तत्व श्वास्थ को लागि न भई , मानसिक सन्तुष्टि को लागि गरिने दुव्र्यसन हो। करिब १९० लाख युवाहरु यसको सिकार बनेको पाइन्छ जुन करिब तीस वर्ष उमेर घटिका हुन सक्छन्। शरीरको नाश सगै यसको प्रयोग को लागि प्रयोग गरिने सुई को माध्यम बाट एच आई भी , हेपाटाइटिस बी, सी जस्ता जटिल रोग लाग्न सक्छ १ मानसिक सन्तुष्टि को प्रयोग गरिएको रासायनिक तत्व भावी दिनहरूमा सबैको लागि श्राप बनेको छ। खै किन हो कुन्नी अहिले हजारौंको दरमा विश्वका युवा लागू पदार्थ को सिकार बनेका छन् र उनीहरू यस्तो दलदल बाट उम्कन नसक्ने अवस्था भएको छ।
किन्तु मद्यं स्वभावेन यथैवान्नं तथा स्मृतम् ।
अयुक्तियुक्तं रोगाय, युक्तियुक्तं यथाऽमृतं ।।

मैले यसको लागि अरु कसैलाई दोष दिएतापनी यसको जिम्मेवारी आफुनै भएको भन्दै एक दुई जटिल कारण पत्ता लगाएको छु।विद्यालयका विद्यार्थी हरुमा पाइएको जिज्ञासा , तनाब , र मानसिक विकास मा दिलाई को कारण कैयौ विद्यार्थी हरुमा लागू पदार्थ ले जरा गाडेर बसेको छ। अलि उमेर पुगेका नागरिकहरूमा कुनै दुखाइ, निको , पार्न प्रयोग गरेको औषधिको कारण कति ज्येष्ट नागरिक यसको सिकार बनेका छान्न ।

Advertisement 1


अधिकतम प्रयोग र चाड पर्व को अवसर पारेर गरिने रमाइलो को माध्यममा प्रयोग गरिने साधनहरू जस्तै रक्सी , छडिक खुसीको लागि प्रयोग गरिने गाजा, विख, भाङ, धतुरो, कोकाइन,चरेस, आदि को बाट पनि लागू पदार्थमा वृद्धि भएको छ।
अन्धविश्वास – भन्छन् लागू पदार्थ को प्रयोग गरेबापत शरीरमा अनौठो शक्तिको विकास हुन्छ रे , “दूध खाएर वर्ष दिनमा आउने ताकत ,दारु खायो भने एकदिन मै आउँछ “ जस्तो सोचाइले पनि लागू औषधि को प्रयोग बढेको छ।
मानसिक सन्तुष्टि को लागि भनेर प्रयोग गरिएको रासायनिक तत्व अहिले लागू पदार्थ बनेको छ।
ते भाग्यवन्तः ये समयं विवेकञ्च समकाले प्राप्नुवन्ति।
यतः यदा समयः भवति तदा विवेकः न उदेति। यदा विवेकः उदेति तदा समयातीतः भवति।
लागू पदार्थ मा फसेका मान्छेलाई जसले जे जति भागमा विभाजीत गरेता पानी मैले मुख्य तीन श्रेणीमा राखिदिएको छु , जसलाई उनीहरूको जीवनको तीन श्रेणी भन्न सकिन्छ
डीप्रीसेन्त ((Depressants) :- यो क्लासमा परेका व्यस्तीहरु सजिलै यस्तो दलदल बाट उम्कन सक्छन् । उनीहरुलाई खासै असर पारेको पनि हुँदैन। हेरोइन, निन्द्राको चक्की अधिकतम सेवन गरेका मान्छे यो श्रेणीमा पर्दछन्।
स्तिमुलेन्ट (Stimulants) :- दोश्रो चरणमा परेका मान्छेहरू सहजै दलदल बाट उम्कन सक्दैनन् तर निरन्तर प्रयास बाट भने उम्केको भने पाइएको छ । यो श्रेणीमा पर्ने हरुलाई बान्ता हुने , रिगाउने , चक्कर आउने , आँखा निला पहिला हुने जस्ता लक्षणहरू देखा पर्छन्। कोकाइन् जस्ता लागू पदार्थ को प्रयोग बाट मानिस यो संकट मा पर्दछन्।
हलुविनोगेन्स (Hallucinogens) :- यो संकट मा परेका मानिसहरू यस संसार बाट बिदाको लागि पर्खिरहेका हुन्छन्। अत उनीहरूले आफ्नो अन्तिम समयको पर्खाइ गरेका हुन्छन्। उनीहरूले आफ्नो सेन्स गुमाउने गर्छन्। जस्तो इकाष्टी, मेस्कलाइन, जस्ता औषधि को प्रयोग बाट हुने गर्छन्।
भव्यं ते वर्तमानकर्माधीनम्।
लागू औषध मा फसेका व्यक्तिहरूले अरु नै लक्ष्यण देखाए पनि उनीहरूले मुख्य प्राय निम्न कुराहरू देखाउँछन्। यसमा फसेका मानिसहरूलाई लाग्छ कि उनीहरूले नियमित रुपमा औषधि सेवन गर्नु पर्छ , उनीहरुलाई काम डोज को औषधि ले काम गर्दैन र मात्रा पनि बदाई राख्नु पर्छ। यस्ता मानिसहरूसँग अरु कुनै विचार आउँदैन सिवाय कसरी लागू पदार्थ किन्ने बाहेक । त्यसकारण तिनीहरूले धेरै अपराध गरिरहेका हुन्छन्। त्यही औषधि को प्रयोग बाट असर हुन धेरै समय लाग्छ र निको हुन पनि अधिकतम समय लाग्छ। आफूले न सके पनि त्यही औषधीमा अधिकतम खर्च गर्न खोज्नु र कसैको ज्यानको मूल्य पनि गर्नु। जोखिमपूर्ण काम गर्न खोज्नु, र हावा काम गर्नुसुखा मुख नाक हुनु। कुनै इन्द्रिय ले काम गर्न बन्द गरे जस्तो अनुभव गर्नु जस्ता लक्षहरु देखाउँछन्।
चिरेणापि नियतोपस्थितिको मे जयः।
अब कसरी छुटकारा पाउने त ?
वाततुल्यं वात्सल्यं न चक्षुर्ग्राह्यं परम् अनुभवैकवेद्यम्।
अत त्यस्ता मान्छेलाई घृणा को दृष्टि भन्दा पनि मायाको दृष्टिले हेर्न पर्छ। यदि प्रयोग गरिसकेको रहेछ भने त्यस्ता रसायनको मात्रा दिन प्रतिदिन कम गर्नु पर्छ।आफूलाई सकभर नियमित व्यस्त राख्नुपर्छ। नियमित व्यायाम , कसरत , गर्नु पर्छ ,र आफूले आफूलाई सकभर व्यस्त नै राख्नु पर्छ। बालबालिका , अपाङ्ग, ज्येष्ठ नागरिकहरुलाई धेरै चिन्ता दिनु हुँदैन र बेला बेलामा उनीहरूको कुरा पनि सुनी दिनु पर्छ । त्यसबाट उनीहरूसँग सकारात्मक कार्य गर्ने ऊर्जा उत्पन्न हुन सक्छ।
माथि जे जे लेखेता पनि , बास्तबमा लागू पदार्थले नेपालमा धेरै जरा गाडेर बसेको छ। दिनप्रतिदिन सयौ युवा यसको सिकार बनेका छन् र यसको कारण अकालमा ज्यान पनि गुमाएका छन्। यो अहिले को जटिल समस्या पनि हो , चोरी डकैती हत्या हिंसा बलक्तार जस्ता जगन्य अपराधहरु को मुख्य श्रोत पनि हो।
लागू पदार्थ वा मादक पदार्थ सेवन गर्नु भनेको गैरकानुनी हुन्। यो विषयको मुद्दा सरकारवादी फौजदारी मुद्दा हो। प्रहरीले अनुसन्धानका लागि ३ महिनासम्म हिरासतमा लिन सक्दछ। गृह मन्त्रालय अन्तर्गत मादक पदार्थका लागि छुट्टै शाखाले हेर्दछ। लागू औषध २०३३को ऐन अन्तर्गत उत्पादन गर्ने, बेच्ने र सेवन गर्ने हरुलाई सजायको व्यवस्था छ। मुद्दाको गम्भीरताका अनुसार सजाय दिइन्छ। प्रमाणको भोझ सेवन गर्ने व्यक्तिमाथि आउदछ र उसले आफुले नखएको पुष्टि गर्नु पर्नेछ। यो मादक पदार्थको अपराध आधुनिक सभ्यताका लागि चुनौती हो, यसको लत लगेका युवाहरु समाजका ठूलो समस्या बनेका छन्।

सेवन गर्दा गर्दै उनिहरुलाई लत लगुसक्छ र आफुले छोड्न चाहे पनि छोड्न सक्दैनन्। उनिहरुको जिवनशैलीसंगै यो पनि हरेक दिनको समस्या बन्दै जान्छ। पैसाको व्यवस्था गर्नका लागि उनिहरु आफ्नो घरको सामानहरु बेच्न थाल्छन् अनि कतिपय अपराध गर्छन् जस्तैः चोरी, डकैती, र हत्या गर्न सम्म पनि पुग्छन्। सेवन गर्न उनिहरुलाई धेरै समान्य लाग्छ तर पछि स्वास्थ्यमा हानी हुँदा धेरै ढिलो भइसक्छ। उनिहरुलाई यो लागू पदार्थ सेवन गर्दा फेशन गरेको जस्तो लाग्छ। तर यस्तो केही हैन लागु पदार्थ सेवन गरेर आफैलाई नोक्सानी हुन्छ।
मादक पदार्थको प्रयोग र त्यसको लतलाई रोक्न सकिन्छ। रोकथाम र जागरुक जस्ता कार्यक्रमहरुले मदाक पदार्थलाई रोक्न धेरै मद्दत गर्दछ।

Advertisement 2

रोकथामका कार्यक्रमहरु परिवार, समुदाय, विद्यालय र मिडियाद्वारा समावेश गर्न सकिन्छ। यो कार्यक्रमहरुमा शिक्षा र आउटरिच जसले व्यक्तिहरुलाई लागू पदार्थका कारण हुने जोखिम र खतराहरुको बारेमा बुझ्न मद्दत गर्छ। हरेक मनिसको जिवनमा समस्या र तनाब हुन्छ तर त्यसलाई सुल्झाउदै आफ्नो लक्ष्यमा आबद्ध हुन सिक्नु पर्छ। तनाब भयो भन्दैमा नराम्रो र स्वास्थ्यलाई हानिकारक हुने पदार्थ सेवन वा प्रयोग गर्नु कहिल्य हुँदैन। यहाँ अभिभावकको मुख्य भुमिका रहेको हुन्छ। आफ्नो सन्तानलाई सबै कुरको ज्ञान दिएर त्यसको सकारात्मक तथा नकारात्मक दुवै कुरा सम्झाउन एकदम जरुरी छ। उनिहरुको कुरा बुझेर यस्ता नकारात्मक कार्यहरुबाट बचाउनु पर्छ। तसर्थ लागू पदार्थको अत्याधिक प्रयोग युवाहरुमा देखिएको छ। यसलाई कम वा नियन्त्रणमा ल्याउनका लागि जहाँ पनि कुनै व्यक्तिले उत्पादन, बेचेको र सेवन गरेको देखेमा नजिकैको प्रहरी कार्यलयमा गएर खबर गर्नु होला। लागू पदार्थ वा मादक पदार्थ कुनै पनि किसिमको तत्व जसले आफ्नो शरीरलाई हानि पुर्याउछ त्यो सेवन र प्रयोग नगरौं। अबको देश चलाउने नै युवाहरूले हो अनि येस्तो गर्दै हिन्न त अलि मिल्दैन। आफुलाई र आफ्नो देशलाई विकास गर्दै जानुपर्छ।

(लेखकद्धय भट्टराई र अर्याल काठमाडौं स्कूल अफ लमा बि.ए, एल.एल.बि दोश्रो बर्षमा अध्धयनरत हुनुहुन्छ ।)

Advertisement 3

प्रकाशित :२०७७ कार्तिक १७, सोमबार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry