नेपाल राष्ट्र बैंकको सञ्चालकमा ज्वाई- ससुराको संयोग

कहिलेकाहीँ रमाइलो संयोग जुर्दछन् । यस्तै संयोग जुरेको छ नेपाल राष्ट्र बैंकमा । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा ससुरा र ज्वाई पुगेका छन् । सचिवमा बढुवा भएसँगै सिधै महालेखा परिक्षकको कार्यालयमा पदस्थापन भएका मधुकुमार मरासिनीलाई अर्थमन्त्री जर्नादन शर्माले अर्थसचिव बनाए । उमेर हदका कारण अवको ६ महिना भित्रै घर जान लागेका शिशिर कुमार ढुंगनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको छ ।
महालेखाबाट अर्थमा तानिएका मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। उनले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष शपथ लिएका हुन्।
यता मधु मरासिनी नेपाल राष्ट्र बैंकको सञ्चालक बनेका छन् । राष्ट् बैंकको वोर्डमा गभर्नर महाप्रसाद अधिकारी,डेपुटी गर्भनरद्धय निलम ढुंगना,बमबहादुर मिश्र,रामजी रेग्मीसहित श्रीराम पौडेल छन् ।
राष्ट्र बैंकको ऐन अनुसार अर्थ सचिव नेपाल राष्ट्र बैंकको सञ्चालक हुने हुँदा त्यहाँ मधुकुमार मरासिनी पनि नियुक्त भएका छन् । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेल र मधुकुमार मरासिनीबीच ससुरा ज्वाईको नाता पर्दछ । पौडेलको राष्ट्र बैंक सञ्चालक समितिमा यो दोस्रो कार्यकाल हो।

प्रकाशित :२०७८ श्रावण २१, बिहीबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry