/* google adsense */

राष्ट्रपति चुरेको सदस्य सचिवको जिम्मेवारी ढुंगनालाई

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सदस्य सचिवको जिम्मेवारी वन तथा वातावरण मन्त्रालयका सह सचिव बद्रीराज ढुंगनालाई दिइएको छ । त्यहाँ सदस्य सचिवका रुपमा कार्यरत डा कृष्ण प्रसाद आचार्य गत बिहिबारमात्र सचिवमा बढुवा भएर कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन भएसँगै सो कार्यालय सदस्य सचिव विहिन बनेको छ ।
त्यहाँ वन मन्त्रालयका सह सचिव ढुंगनालाई खटाइएको हो ।
ढुंगना यस अघि वन तथा भु–संरक्षण विभागमा जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाको उप–महानिर्देशकको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १९:०७

प्रतिक्रिया दिनुहोस्