साता दिनभित्रैमा २६ सय शिक्षकका लागि विज्ञापन खोल्ने आयोगको तयारी
शिक्षा सेवा आयोगले यही साता झण्डै २६ सय संख्यामा निमावी शिक्षकका लागि विज्ञापन खोल्ने तयारी गरिरहेको छ । हालैमात्र एकै पटक मावि तहका १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेको आयोगले निमावी तहका २६ सय शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारी गरिरहेको जनाइएको छ ।
शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएसँगै शिक्षकको आन्तरिक बढुवाका अलवा अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया प्रारम्भ गर्ने बाटो खुलेको हो । विगत ५ बर्षदेखि शिक्षकको बढुवा रोकिएको थियो । हालै मात्र नियमावली पास भएसँगै आन्तरिक बढुवा गर्नेदेखि अनुमतिपत्रको विज्ञापन गर्ने बाटो खुलेको हो ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलले हिजो मन्त्रालयका पदाधिकारीहरुलाई देशभर रहेको शिक्षक अभाव हटाउनका लागि रिक्त रहेको दरबन्दीमा विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको थियो ।
शिक्षा मन्त्रालयका अनुसार अहिले १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने छ । नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ।
यही साता निम्नमाध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गर्ने तयारी भइरहेको जनाइएको छ ।