लेखा समूहका ८१ अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणीका ८१ जना कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।

Advertisement 1

कार्यालयले कात्तिक १९ गते गरेको निर्णयअनुसार लेखा अधिकृत तथा सोसरहका कर्मचारीको सरुवा, कायम मुकायम जिम्मेवारी, फाजिल व्यवस्थापन र कामकाजसम्बन्धी व्यवस्था मिलाएको हो।

निर्णयसँगै विभिन्न सरकारी निकायमा कार्यरत लेखा समूहका कर्मचारीको कार्यस्थल र जिम्मेवारी परिवर्तन भएको छ। कार्यालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई आधार बनाएर उक्त निर्णय गरेको जनाएको छ।

Advertisement 2

प्रकाशित :२०८३ कार्तिक २१ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]