सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु ४ हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल १ तोला सुनको मूल्य रु ३ लाख १ हजार ६०० कायम भएको छ। हिजो १ तोला सुन रु ३ लाख ६ हजार २०० मा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य रु ४ हजार ६६० कायम भएको छ। हिजो १ तोला चाँदी रु ४ हजार ७ सय ५० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








