अर्थका दुई प्रमुख राजस्व निकायमा नयाँ नेतृत्व, यमलाल र डा. भीष्मकुमार बने महानिर्देशक

काठमाडौं। अर्थ मन्त्रालयले आफ्नो मातहतका दुई प्रमुख राजस्व निकाय भन्सार विभाग र आन्तरिक राजश्व विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार सहसचिव यमलाल भुसाललाई भन्सार विभाग र सहसचिव डा. भीष्मकुमार भुसाललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।

Advertisement 1

हालै अर्थ मन्त्रालयमा सरुवा भएका दुवै सहसचिवलाई मन्त्रालयले प्रमुख जिम्मेवारीमा खटाएको हो।

भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। विभागको उपमहानिर्देशकमा भने सहसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

Advertisement 2

सरकारको राजस्व संकलनमा केन्द्रीय भूमिका निर्वाह गर्ने यी दुई विभागमा नेतृत्व परिवर्तनसँगै राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले राजस्व चुहावट नियन्त्रण, कर प्रशासन सुधार तथा राजस्व संकलनलाई लक्ष्यअनुसार अघि बढाउने जिम्मेवारी वहन गर्नेछ।

अर्थ मन्त्रालयले पछिल्लो समय राजस्व प्रशासनमा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका कर्मचारीहरूको जिम्मेवारी हेरफेरलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित :२०८३ असार २३, मंगलवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry