आज पुसे औँसीः रसुवाको वेत्रावतीमा भक्तालुको भीड

वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण आमावास्याका अवसरमा आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिदादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गरेका छन् ।
Advertisement 1
प्राचीनकालदेखि नै पौषकृष्ण आमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहँदै आएको छ । आज सूर्योदयकालमा चतुर्दशी तिथि परेपनि ११ बजेपछि औँशी तिथि लाग्ने भएकाले तीर्थमा श्राद्ध आजै गर्नुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पुस महिनाको औँसीमा पितृ कर्म, पिण्ड, तर्पण अनि श्राद्ध दिन वेत्रावती जाने गर्दछन् । पौसे औँसीको दान पुण्य हुने विश्वास पनि छ ।
वेत्रावतीसँगै काठमाडौको गोकर्ण, सुनसरीको वराहक्षेत्र, मुस्ताङको कागबेनीलगायतमा पनि श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्छ ।
Advertisement 2
छोटो र चिसो दिनहरू भएको पुस महिना धनधान्य र सौभाग्यको हिसाबले असाध्यै महत्त्वपूर्ण महिना मानिन्छ ।