रसुवाको गोसाईकुण्डबाट मदिरा र सुर्तीजन्य पदार्थ बोकेको ट्रक नियन्त्रणमा
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी ईलाकाबाट भाद्र १ गते सशस्त्र प्रहरीले करीव ३६ लाख २५ हजार रुपैयाँ बराबरको मदिरा तथा सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
Advertisement 1
चीनबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ७ सय २५ पेटी चुरोट र विभिन्न ब्राण्डका ३ सय १२ बोतल मदिरासहित ना २ ख ९४०२ नम्बरको मालबाहक ट्रक नं. २० गुल्म रसुवाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक मदिरा तथा सुर्तीजन्य पदार्थसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाईएको छ ।
प्रकाशित :२०८० भाद्र ८, शुक्रबार १३:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%