बर्दियामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका १४ वर्षीय बालक मृत फेला

काठमाडौं । बर्दियामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका १४ वर्षीय बालकको शव फेला परेको छ।

Advertisement 1

सशस्त्र प्रहरी बल, नेपालको गोताखोरसहितको टोलीले शनिबार मधुवन नगरपालिका–७, शुक्रवस्तीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक नेपालतर्फ माटो खनेर बनाइएको तलाउबाट बालकको शव फेला पारेको हो।

प्रहरीका अनुसार बालक नुहाउने क्रममा तलाउमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली खोजी तथा उद्धारमा परिचालन गरिएको थियो।

Advertisement 2

खोजीका क्रममा बालकको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित :२०८३ असार २१, आईतवार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry