सेवा–सुविधा वृद्धि र विभेद अन्त्यको माग गर्दै रुकुम पश्चिममा ३६ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

काठमाडौं। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन्।
Advertisement 1
स्वास्थ्यकर्मीहरूले सेवा–सुविधा वृद्धि तथा आफूहरूमाथि भइरहेको विभेद अन्त्यको माग गर्दै पटक–पटक नगरपालिकालाई ज्ञापनपत्र बुझाए पनि मागप्रति कुनै सुनुवाइ नभएको भन्दै बुधबार सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिएका स्वास्थ्यकर्मीहरूले लामो समयदेखि न्यून सेवा–सुविधामा काम गर्दै आएको, स्थायी र अन्य कर्मचारीको तुलनामा आफूहरूलाई विभेदपूर्ण व्यवहार गरिएको तथा माग सम्बोधनका लागि बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरेका छन्।
प्रकाशित :२०८३ असार १२, शुक्रबार १०:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








