सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा। प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ। आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि जितेको हो।
Advertisement 1
मेलम्चीले उपाधिसँगै नगद रु १ लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले नगद रु ७५ हजार प्राप्त गरेको छ।
प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ। उसले नगद रु ५० हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार रु २५ हजारमा चित्त बुझाएको छ। प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो।
प्रकाशित :२०८२ माघ ४, आईतवार १५:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














