समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, परिवार र आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ।

Advertisement 1

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

Advertisement 2

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ।

अन्यथा कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अद्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ।

Advertisement 3

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरूको विवरण यस्तो छः

सहकारी-संस्थाका-संञ्चालकहरुको-उपलव्ध-नामवली-सहितको-विवरण-_mrucgqp-1780458716
प्रकाशित :२०८३ जेष्ठ २०, बुधबार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry