अस्पतालमा २ दिन विदा नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार विदा नदि अस्पतालहरूमा ओपिडी (बहिरंग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

Advertisement 1

सरकारले शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै निकायलाई अनुरोध गरेको छ।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अस्पतालहरूले आफ्नो कार्यअवस्था र जनशक्ति हेरेर आइतबार ओपिडी सेवा उपलब्ध गराउनुपर्नेछ। आइतबार सेवा प्रवाह गर्दा खटिने कर्मचारीहरूलाई शनिबारबाहेक साताको अर्को एक दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

Advertisement 2

यो व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

प्रकाशित :२०८२ चैत्र २७, शुक्रबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry