भोटेकोशी बाढीपीडितलाई सिक्किमको राहत, ३५ सदस्यीय टोली नुवाकोटमा

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले सिक्किमबाट आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोली नुवाकोट पुगेको छ। सिक्किमका मुख्यमन्त्री पीएस गोलेको पहलमा आएको टोलीले बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस तथा स्लिपिङ ब्यागलगायत अत्यावश्यक सामग्री वितरण गर्ने भएको छ।

Advertisement 1

टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन्। विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ। राहत अभियानमा नवप्रवर्तन तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले समन्वय गरेका थिए।

यसैबीच, राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गरेका थिए। टोलीको स्वागत तथा समन्वय कार्यक्रम बुढानीलकण्ठस्थित होटल सब्रिनामा आयोजना गरिएको थियो। कार्यक्रममा विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

Advertisement 2

भोटेकोशी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्ला प्रभावित भएका बेला सिक्किमबाट आएको सहयोगले प्रभावित परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री तथा अस्थायी आवासका लागि आवश्यक सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ।

टोलीका नेतृत्वकर्ता लाचुम्पाका अनुसार सिक्किमले आगामी दिनमा पनि नेपालका बाढी प्रभावित नागरिकलाई सहयोगलाई निरन्तरता दिने तयारी गरेको छ। उनका अनुसार मुख्यमन्त्री पीएस गोले तामाङको नेतृत्वमा निकट भविष्यमा थप राहत सामग्रीसहित नेपाल आउने तयारीसमेत भइरहेको छ। विपद्को समयमा छिमेकी क्षेत्रबाट आएको यो मानवीय सहयोगले राहत तथा पुनःस्थापनाको प्रयासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार ०९:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry