सीजीबाट गाडी किन्दा प्रभुले सजिलै ऋण दिने

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ।

Advertisement 1

बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मोटर्सले आयात गरेको नेटा भी मोडेलका इलेक्ट्रिक भेहिकल खरिद गर्दा प्रभु बैंकको मुलुकभरका ३६५ शाखा कार्यालयले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यसले पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित :२०७९ चैत्र ६, सोमबार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry