मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली

भद्रपुर (झापा), ७ फागुनः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो। यद्यपि माघमा मात्रै रु १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२.३४ प्रतिशत हो।

चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।
–––

प्रकाशित :२०८२ फाल्गुन ७, बिहीबार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry