रोचक भिडन्त-सन्दर्भ फागुन-२१

झापा-५ र सर्लाही -४ मा हुन गै रहेको प्रतिनिधि सभाको निर्वाचनले समस्त मुलुकको ध्यान खिचेका छन्।झापा-५ मा नेकपा एमालेका अध्यक्ष र रास्वपाका वरिष्ट नेता दुवैलाई आ-आफ्ना पार्टीले भावि प्रधानमन्त्रीका रूपमा चित्रित गरेर चुनावमा उठाएका छन्। यी दुई उम्मेद्वार मध्ये एक जना परीक्षण भै सकेका उम्मेद्वार हुन् र यी जिद्धी, अरूको बिचार नसहने, आफू संग असहमत हुनेको गन्ध मन नपराउने, परिवर्तनलाई आत्मसाथ नगर्ने नेतामा चिनिन्छन् भने अर्का यस पटकको स्थानीय निर्वाचनमा कामपा मा स्वतन्त्र उम्मेद्वारको रूपमा लोकप्रीय मत ल्याएर निर्वाचित र परिवर्तनको पक्षमा लागेका र हाल सालै मात्र रास्वपामा प्रवेश गरेका ब्यक्ति हुन्।

Advertisement 1

यो क्षेत्र (झापा-५)संविधान सभाको पहिलो चुनाव वाहेक लामो समय देखि एमालेले जित्दै आएको क्षेत्र हो। सामान्य परिस्थितिमा यो क्षेत्रमा नेकपा एमालेकै प्रभाव रहेको कुरा मान्न सकिन्छ तर भदौ २३/२४ को राजनीतिक उथलपुथललाई हेर्दा त्यस पछिको नेपाल र त्यस अघिको नेपाललाई एउटै दृष्टिले हेर्न सकिदैन र मिल्दैन पनि। तर ती मध्ये एमालेका अध्यक्षले भदौ २३/२४ का घटनालाई आफ्नो शासनकालका कमी कमजोरीका कारण भएका भन्ने सो आन्दोलनका ठम्याईलाई ईन्कार गर्दै आफ्नो कमी कमजोरीलाई स्वीकार गर्न चाहेनन्। सुशासन दिन नसकेको, भ्रष्टाचार रोक्नु त कता कता भ्रष्टाचारको बढोत्तरी गराउने काममा भूमिका खेलेको आरोपलाई स्वीकार्न नसकेर त्यसको विरोधमा भएको आन्दोलनलाई प्रतिगमनको नाम दिएका पात्र चुनावमा उठ्नु भनेको जनमतको अपेक्षाको विपरीत हो। त्यसै गरी आफ्नो पार्टी भित्र लामो समय सम्म त्याग गरेका तर उनको आनीबानीको समीक्षा गर्न आंट देखाउने नेता, कार्यकर्तालाई पाखा लगाउने यिनको प्रवृत्तिले यिनको राजनीतिक यात्रा पक्कै पनि विजय उन्मुख हुदैन र आर्यघाट सम्म जाने उमेरलाई राजनीतिक मार्ग बनाएका उनलाई वर्तमान मतदाताले पक्कै रूचाउदैनन्। यसैले यस पटकको यिनको राजनीतिक यात्रा संसद भवन भित्र नपुग्दै टुंगिने हो वा हैन भन्ने कुरा चुनावी नतिजाले देखाउने नै छ।

अर्का पात्र राजनीतिक पात्र हैनन्, कलाकारितामा लागेका र प्राविधिक क्षेत्रबाट छवि बनाएका उनले राजनीतिक असन्तुष्ठीलाई माध्यम बनाएर छोटो समयमा राजनीतिमा प्रवेश गरेका ब्यक्ति हुन्। सार्वजनिक ठाऊमा धेरै नबोल्ने र सार्वजनिक मिडिया मार्फत आफ्नो बिचार राख्न रूचाउने दोश्रा पात्र राजनीतिक भन्दा ब्यूरोक्र्याटिक पहिचानमा देखिए। यिनले गएको स्थानीय तहको चुनावमा पाएको मतलाई आफ्नै प्रभावको कारण पाएको भन्ने ठानेका हुन सक्छन् तर यो सही हैन। त्यति खेर पुराना राजनीतिक दलका पुराना नेताको काम गराई मन नपरेर त्यसको असन्तुष्ठीको भेलको रूपमा देखिएको जनमत पाएका हुन् यिनले । हुन त अहिले पनि त्यो अवस्थाले निरन्तरता पाई रहेकै छ र त हरेक राजनीतिक दल भित्र समेत पुरानाको विकल्प खोजिएको अवस्थाले निरन्तरता पाई रहेको छ। यी दोश्रा पात्रले आफूलाई मधेशको नेताको रूपमा समेत आफूलाई चिनाएर चुनावमा गएका छन्। यो क्षेत्र मधेशमा भए पनि यहां पहाडिया, आदिवासी, जनजाती मतदाताको बाहुल्य भएको क्षेत्र हो। त्यसैले यी मतदाताको मन जित्न समेत पर्ने हुदा यहांका उम्मेद्वारको भूमिका अलि पृथक हुन जरूरी छ तर पनि नयां राजनीतिक परिवेशले नै यहांको चुनाव पनि प्रभावित हुने कुरा नकार्न सकिदैन।

Advertisement 2

त्यसै गरी सर्लाही -४ मा हेर्दा पनि यो क्षेत्र चर्चित बन्नुका पछाडि पुराना पुस्तालाई बिसर्जन गराएर पार्टीमा नयां पुस्तालाई जोड्ने अभियानमा लागेर त्यसमा सफल हुन पुगेका नेका का सभापतिले सो ठाऊमा प्रतिस्पर्धामा उत्रेका कारणले गर्दा हो। विशेष अधिवेशनले पार्टी नेत्तृत्त्वमा स्थापित, यिनको माग पार्टी भित्र र बाहिर समेत सर्बत्र रही आएको सन्दर्भलाई नेपालको राजनीतिमा स्वीकार गर्नै पर्ने हुन्छ। यिनले पहिला पहिला प्रतिस्पर्धा गरेको क्षेत्रलाई छोडेर नयां क्षेत्रमा आउनुलाई केहीले कठिन परिस्थिति पनि भन्ने गरेका छन् तर यी जसरी नेपालको राजनीतिमा सफल हुदै आएका छन् त्यसलाई हेर्ने हो भने यिनलाई निर्वाचन क्षेत्र छनौट गरेर सुरक्षित क्षेत्र रोज्ने हक छैन। किन कि यी नेपालको राजनीतिमा सेलिब्रेटीका रूपमा देखिएका नेता हुन् र नयां पुस्ताले चाहेका निडर नेता पनि हुन्। यी संग नेतामा हुनु पर्ने गुणहरू छन्, यी मिशन र भिजन भएका नेता हुन्।

सर्लाही-४ को चुनावी रौनकतालाई स्वीकार गर्ने हो भने यिनको प्रतिस्पर्धीको रूपमा पुराना कांग्रेसी, पछि वागी र हाल रास्वपामा प्रवेश गरेका ब्यक्ति देखिएका छन्। यो प्रदेश परम्परागत रूपमा नेकाको बलियो पकड भएको क्षेत्र हो तर मधेश आन्दोलनका कारण नेका कै समर्थकहरूले यो आन्दोलनलाई साथ दिएको हुदा यहां नेका केही कमजोर देखिएको छ। यसो भन्दैमा अहिलेका यूवाहरूले परिवर्तन सहितको लोक तन्त्रलाई आत्मसाथ गर्दैनन् भन्न सकिदैन। केही दशक यताको नेपालको राजनीतिक ईतिहांस केलाउने हो भने प्रजातान्त्रिक विचारको नेत्तृत्त्व क्रमशः कमजोर हुदै गएको हुदा प्रजातान्त्रिक मत तितर वितर हुन पुगैकै हो। यसको निम्ति लामो समय देखि यसलाई सम्हाल्न सक्ने नेत्तृत्त्वको खोजीमा थियो नेपाली कांग्रेस। यो भावनालाई भदौ २३ को जेन जी आन्दोलनले सतहमा ल्याई दियो र पार्टी भित्र त्यसको नेत्तृत्त्व अहिलेको पार्टी सभापतिले गरेका छन् जसलाई नेपाली कांग्रेसले भावि प्रधानमन्त्रीको रूपमा प्रक्षेपण गरी निर्वाचनमा पठाएको छ।

Advertisement 3

यसरी पार्टीको नेत्तृत्त्व नै निर्वाचनमा खडा भए पछि यिनको लागि कुन क्षेत्र सुरक्षित वा असुरक्षित भन्ने पश्न नै रहदैन। त्यसैले उनी संग कसैको प्रतिस्पर्धा हुन सक्दैन।
अन्त्यमा, अहिलेको राजनीतिक माहोल जसले बनाएको हो, जसका कारणले राज्यका सबै अंग नाकाम हुन पुगेर नयां सीर्जनाको खोजी हुन पुग्यो जित त्यही अवधारणाको हुनु पर्छ र जसले नयां अवधारणाको नेत्तृत्त्व लिन सक्छ उसैले चुनाव जित्नु पर्छ। यसर्थ यो क्षेत्रको मात्र नभएर समस्त मुलुकमा यो अवधारणाको नेत्तृत्त्व लिने क्षमता प्रजातान्त्रिक दलको नाताले नेपाली कांग्रेस र यसका सभापतिलाई मात्र छ

प्रकाशित :२०८२ माघ ११, आईतवार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry