पर्वतका ८६ सडक स्तरोन्नति हुँदै

पर्वत। सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ९६ करोडभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन्। जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ।

Advertisement 1

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ। प्रदेश सरकारले रु ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले रु ३३ करोड प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।

गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ। यो वर्ष रु १९ करोड ४५ बजेट घटेको छभने ५० वटा आयोजना कम छन्। विगतदेखि सञ्चालनमा रहेका ६वटा बहुवर्षीय योजनालाई स्रोत सुनिश्चित भएको छ।

Advertisement 2

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि रु ५१ लख ४० हजार र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि रु ३ करोड बजेट विनियोजन भएको छ। यो सडक विगत ४ वर्षदेखि गति लिन सकेको छैन। बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट ५ वटा सडकका लागि रु २ करोड ७५ लाख विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ।

प्रकाशित :२०८२ भाद्र १२, बिहीबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry