फुलिङ पिरियड जिन्दावाद !

हाल सरकारी कर्मचारीहरूको कानुन पाइपलाइनमा छ भन्छन् तर त्यो पाइपलाइनबाट कहिले ऐन झर्ने हो कि केपी बा लाई था होला या भगवानलाई। अहिले सम्म त त्यो पाइपबाट हावा मात्र छिर्न सक्या छ अर्थात झरेको छ तेस्तै हावाको झोक्काहरू मध्येको एउटा हो कुलिङ पिरियड जसलाई मैले नामाकरण गरेको छु फुलिङ पिरियड। यो कसरी फुलिङ भो भन्ने जिज्ञासा तपाईं सज्जनहरूलाई लाग्ला लागोस न सज्जनहरूलाई लाग्ने नै तेही हो । तर म जस्ता फुलिसहरूले यसलाई फुलिङ पिरियड मान्छौं फुलिसहरूका लागी फुलिङ पिरियडै चाहिने हो नी।
Advertisement 1
जावो एउटा अर्थ न बर्थको व्यवस्था के राख्या थ्यो मान्छेहरू यसरी फुलिस हुन थाले की तेती फुलिस त प्रजातन्त्र गणतन्त्र आउने बेलामा नि भएनन् ठुलै खालको क्रान्ती लडेर जितेको झैं गर्दैछन् एकथरी फुलिसहरू। अर्कोथरी फुलिसहरू फेरी भाग १ भागा २ गर्दै भागाभाग गर्दैछन् यो हटाउन भनेर लाग्छ जागिर सकिने वित्तिकै पुक्लुक्कै मरिन्छ भने जसरी। एउटा बाहेक शव्द के चिप्ल्याका थे बिचरा सभापतिको रामहरी नै बनाए फुलिसहरूले जावो मासिक धर्मजस्तो केही समय बारौं मात्र के भन्या थे सबै ताता भए बाबै। अनि यस्तो ताती पिरियडलाई कुन सज्जनले कुलिङ भन्ला त त्यै भएर मैले यसलाई फुलिङ पिरियड भन्देको।
फुलिङ पिरियड भन्नाले यो सुन्ने वित्तिकै कसैको न कसैको केही न केही फुल्ने पिरियड भनेर सम्झनुपर्छ। यसले कसैको निजामति स्वाँठहरूको ठेगान लाइयो भनेर नाक फुलाउने, कसैको जिन्दगीनै धरापमा गए जस्तै प्रेशर बढेर मुटु फुल्ने, कसैको यो गर्नैपर्ने थ्यो गरियो भनी छाती फुल्ने, अनि कसैको साझा धारणा पुरा भो भनेर गर्धन फुलाउने लगायत अन्य अनुषाङगिक फुलाउने कार्यसमेतलाई जनाउँछ। अँ यसले रामहरी मण्डलीको शास फुलाउने पनि बुझ्नुपर्ने थ्यो की तर यो परिभाषा भित्र नपार्न मन लागो तेसै पनि रामहरीको जिवन बचाउन भनी जिवनकै दाउ लागीसकेकै छ त किन राख्नु परिभाषामा।
Advertisement 2
अब फुलिङ पिरियडलाई हामी फुलिसहरू मिलेर व्यवस्थापन गर्ने जमर्को गर्दैछौं ।यसमा फुलिङ पिरियडबाट फुलिङ हटाइदिउँ फुलिङको सट्टा बाहेक शब्द थपिदिउँ त्यो शब्द पिरियड पछि राख्ने गरि सहमति गरौं फेरी याँनिर आएर तपाईं सज्जनहरूले भो पर्दैन नभन्नुहोला नी फेरी सरकारी बा रिसउलान अनि न बजे बाँस न बजे बाँसुरी होला त्यो पाइपमा चेकवाल लाइदेलान अनि गलगाँड बनेर बस्ला नी होसियार है।
यो फुलिङ पिरियड खासमा सरकारी कचकच हो कि झै पनि लाउँछ मलाई त जावो यत्ति बिषयमा यति धेरै बहस पैरवी साहित्य आलेख कति त ति सबै लेख्ने पढ्ने गफ गर्ने अनि सुन्ने कसरी ट्रेण्डिङमा परे पक्कै सरकारी पैसा खर्च गरेको होला कसैले हटाउनमा कसैले राख्नुपर्छ भन्नेमा तर यसमा समानता एउटै कुरोमा छ दुवै पक्ष सरकारी नै छ यो कसरी भैराछ कतै मै मात्र फुलिस बन्या त होइन ? अनि सबै फुलिस बनाउने तागत राख्ने पिरियडलाई फुलिङ नभनेर के भन्ने त ? तेसैले हामी सबै फुलिस मिलेर नारा लगाउँ , फुलिङ पिरियड जिन्दावाद।