छुट्टै अफिस खोल्ने तमासेहरुका नाममा

नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा चीरा पार्ने प्रयास गरेको देखिएको छ। एउटा प्रजातान्त्रिक पार्टी जो व्यक्तिगत स्वतन्त्रताका लागि आजीवन लड्यो, त्यस भित्र मतभेद हुनु, विवाद हुनु स्वभाविकै हो। किनभने यो पार्टीको विशेषता नै विचार र अभिव्यक्तिको स्वतन्त्रता हो। त्यसै गरी बहुमतको बिचारलाई कदर गर्नु, कानूनी शासन र न्यायीक निर्णयलाई सम्मान गर्नु पनि यसको विशेषता हो। केही समय यता आएर यो पार्टी भित्र आन्तरिक खिचातानी देखिदै गएको छ जसले कानूनी शासन र न्यायीक निर्णयको पालनामा कन्जुस्याईं गर्ने प्रवृत्ति हावी हुदै गएको पाईएको छ।
Advertisement 1
विगतमा पटक पटक विभाजन हुदै जोडिदै आएको यो पार्टी यस पटक पनि केही पुरातनवादी नेता भनाउदाहरूको जिद्धीका कारण केही साधारण कार्यकर्तामा भ्रम फैलाउने कोसिस भै रहेको छ। नेपाली कांग्रेस १५ औं अधिवेशनको संघारमा छ तर यो अधिवेशन १ वर्ष अगाडि गरी सक्नु पर्ने हो। यी नै जिद्धीवाल नेता कै कारण समयमा अधिवेशन हुन नसक्दा यस बीचमा विशेष अधिवेशन गर्न वाध्य हुनु पर्यो र हाल विशेष अधिवेशनबाट चुनिएको कार्य समिति मौज्दात छ। नेपाली कांग्रेसको विधानले दिएको प्रावधान अनुसार भएको यो विशेष अधिवेशनलाई नामान्ने भनेर निर्वाचन आयोग र सम्मानीत अदालत समेतमा उजूरी गरेको यो जिद्धीवाल समूहको पक्षमा यी दुवै निकायले फैसला नगरे पछि तिल्मिलाउन पुगेको यो समूहले यति खेर सम्पर्क कार्यालय खोलेर तमासा देखाएको पाईएको छ।
कुनै पनि राजनीतिक विचारले समयको गति समात्न नसक्दा त्यो विचार ईतिहांस बन्न जान्छ। विश्वका तानाशाही, एक दलीय र नेपालको सन्दर्भमा निर्दलीय विचार समेत ईतिहांसको गर्भमा जानुको पछाडि यी विचारहरूले समयको प्रवाहलाई नबुझ्नु नै हो। यसैले नेपाली कांग्रेसको विचार पनि समय सापेक्ष होस् भन्ने चाहना केही समय यता बलियो हुदै गएको हो तर यो चाहनाको भावना विपरीत यो पार्टीका केही जिद्धीवालहरूले पार्टीलाई नियन्त्रणमा लिएर आफ्नो लबीको कब्जामा पार्टी राख्ने प्रयत्न गरे र आफू आर्यघाटमा जाने बेला सम्म पार्टीको नेत्तृत्त्वबाट हट्न चाहेनन्। यो प्रवृत्तिको विरोध पार्टी भित्रका यूवाहरूले गर्दा पनि त्यसको कुनै सुनुवाई हुन सकेन।
Advertisement 2
नेपालका स्थापित राजनीतिक दल र यी दलका नेताको कुर्सी मोहका कारण नेपालमा सुशासनको अभाव, संस्थागत र नीतिगत भ्रष्टाचारको ब्यापकता ले जनमानसमा फैलिन गएको ब्यापक असन्तुष्टीलाई सडक आन्दोलनले माध्यम बनाउदा भदौ २३ र २४ को दूर्घटना निम्तियो। यसरी निम्तिएको दुर्घटनाका कारण यी पुराना दल र यसका नेताहरू सत्ता बाट बाहिरिए। यी बाहिरिए पछिको रिक्त स्थानमा एक परिपक्व र दर्शनमा आधारित दल र यसका नेताले स्थान पाउनुको सट्टा सडकको आधिवेरीले उडाएका पतिंगर र ढुंगा मुढाहरू राज्य संयन्त्रमा स्थापित हुन पुगे।
अहिले राष्ट्र जिम्मेवार नेता र नेत्तृत्त्वको अभावमा उभिएको छ। अर्थात हाल मुलुक कमजोर राज्य संरचनामा खडा भएको छ।
Advertisement 3
यो पृष्ठभूमिमा पुराना राजनीतिक दलहरूमा रहेका नयां सोच र सुझबुझ भएका यूवाहरूले देशमा विद्यमान कमजोर परिस्थितिलाई सम्हाल्नु पर्ने दायित्व देखा परेको छ। यो परिस्थितिमा नेपाली कांग्रेस भित्र आफ्नो विधान वमोजिम भएको विशेष अधिवेशनबाट आएको नेत्तृत्त्वलाई सहज रूपले स्वीकार गरेर जति सक्यो चाडो नियमित अधिवेशन गरेर पार्टीको जिम्मा नयां कार्यसमितिको जिम्मामा दिन समस्त पार्टी एक ढिक्का हुनु पर्नेमा जनताबाट तिरस्कृत र डेट एक्सपायर्ड आर्यघाटोन्मुखहरूले सम्पर्क कार्यालय खोलेर तमासा देखाउनु नांग्लोले हात्ती तर्साउन खोजे सरह हो, चेतना भया।








