स्थानीय तहको सार्वजनिक सेवा प्रवाहमा सार्वजनिक महत्व (Public Value) वृद्धि गर्ने बदलिदो विषयवस्तुहरु :-

सार्वजनिक सेवा प्रवाहबाट जनताको विश्वास आर्जन कसरी गर्न सकिन्छ भन्ने तर्फ विभिन्न तर्क, अवधारणा परिवर्तन तथा पेश भइरहेको छ । परम्परागत सार्वजनिक व्यवस्थापनका विधिहरुमा परिमार्जन भइरहेका छन् । सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या सरलिकरण गर्न असल नागरिक, व्यवसायिक संस्था, गैरनाफामुलक संस्था सबैले भूमिका खेल्न सक्छन् । बदलिदो समयमा सार्वजनिक व्यवस्थापनको धारणाले प्रजातान्त्रिक तथा खुल्ला अवधारणालाई आत्मसात गर्दैछ । किनभने नयाँ अवधारणाले जहिलेपनि पुराना अवधारणाको वर्तमान चुनौती र तिनीहरुको कमजोरीहरुलाइ सम्बोधन गर्दछ ।

Advertisement 1

यहाँ दुई वटा कुरामा फोकस गर्ने प्रयास गरीएको छ :-
Public Value वृद्धि हुन अभ्यासहरु के कसरी भइरहेका छन ?
यस सम्बन्धमा भएका खोज अध्ययन तथा नयाँ प्रयोगहरु के कस्ता रहेका छन् ?

यसरी बदलिदो परिप्रेक्ष्यमा सार्वजनिक सेवा व्यवस्थापन सम्बन्धमा छुटै अवधारणा वा शब्दावली भएको पाइदैन तर विभिन्न नयाँ सोचहरुको प्रयोगले, कतै नयाँ अवधारणाको बारेमा सोच्न, ज्ञान बढाउन, तर्क गर्नु त पर्दैन ? भनेर विषयवस्तु पेश गर्दछ ।

Advertisement 2

दोश्रो विश्वयुद्ध पछि आर्थिक तथा पूर्वाधारमा क्षति पुगेका मुलुकहरु पुनर्ससंरचना र तिव्र आर्थिक विकास का लागि होडबाजी गर्दै गर्दा निजी क्षेत्रले आवश्यक पूजी र प्रविधिको अभाव झेल्नुपरेको थियो । यसलाई पुरा गर्न सरकारले आफ्नो भूमिका निभाउन थाल्यो । तत्कालिन समयमा सत्ता र शक्ति अभ्यासका लागि सरकारको सार्वजनिक सेवा प्रवाह प्रवृत्तिलाई नौलोपना दिने प्रयास थालियो । त्यसबेला राजनैतिक नेतृत्वको प्रत्यक्ष निर्देशनमा सार्वजनिक सेवा प्रवाह गरिन्थ्यो । जनताहरु लाई भोटर, ग्राहक को रुपमा लिइन्थ्यो तथा सेवा प्रवाहको उपभोगकर्ताको रुपमा लिइन्थ्यो । पछि विस्तारै निजी क्षेत्रपनि सक्षम भएपछि सरकारले प्रवाह गर्ने सेवा निजी क्षेत्रबाट पनि प्रवाह हुन थाल्यो । निजी क्षेत्रको व्यवस्थापकीय शैलीलाई अनुकरण गर्दै कम श्रोतबाट पनि कसरी उच्चतम सेवा प्रवाह गर्न सकिन्छ त ? भनेर New Public Management को अवधारणा प्रयोगमा आउन थाल्यो । सरकारले पनि सेवा प्रवाह व्यवसायिकता देखाउन थाल्यो । आजभोली NPAर  NPM को अवधारणा धेरै संगठनमा प्रयोग भएको पाइन्छ ।

सार्वजनिक सेवा प्रवाहमा Public Value सिर्जना गर्नका लागि बदलिदो दृर्ष्टिकोण
सार्वजनिक सेवा प्रवाह कार्यमा समुदायिक जनशक्ति, संगठन, मध्यस्थकर्ताहरु संलग्न भएका हुन्छन् । Public Value वृद्धि होस भन्ने हेतुले विभिन्न संगठित तथा असंगठित संस्थाले खबरदारी गरिरहेका हुन्छन् । निर्वाचितले जनताका अपेक्षाहरु प्रतिनिधित्व गरेका हुन्छन् । यद्यपी उनीहरुको अपेक्षा केहि हद सम्म महत्वांकाक्षी हुने हुदा कुनै मापक वा मान राखेर पुरा गर्न सकिदैन । तथापी जनताले खुसी महशुष गर्ने कस्ता नीति तथा कार्यक्रम हुन्छन् ? भन्ने कुरा बदलिरहने हुदा सधैभरी एकै खालको विषयवस्तु तथा आयामले जनतामाझ निर्वाचित प्रतिनिधी लोकप्रिय नहुन सक्छन् । यसैकारणले पनि सार्वजनिक सेवा प्रवाहका सवालमा बदलिदो दृष्टिकोण राख्नु अनिवार्य नै रहन्छ । निर्वाचित प्रतिनिधीले जे गरे ठिक गरे भनेर व्यवहारमा उतार्नका लागि कर्मचारी प्रशासन नै कार्यान्वयमा खटिनुपर्ने अवस्था छ ।

Advertisement 3

Value Creationभौतिक हो या मानसिक पक्ष सो कुरा विवादास्पद नै छ । यो सापेक्ष, निरपेक्ष, बाह्य, आन्तरिक विषय कुन हो फरक पार्न गाह्रो छ ।
नया अवधारणाको महशुष गराउनुको अर्थ सार्वजनिक प्रशासनका सिद्धान्त र सार्वजनिक रुपमा गठित मानहरुको भूमिकालाई पुनस् स्मरण गराउनु हो । भ्रष्टाचार सिमित गर्न र अधिक स्वायत्त कानूनी तर्क स्थापित गरेर प्रशासनमा विशेषज्ञता को विकास गर्न तथा नयाँ सार्वजनिक व्यवस्थापनले तय गरेको लक्ष्य लाई पुरा गर्न यो केन्द्रित रहेको छ । नयाँ अवधारणाले समावेशी दृष्टिकोणलाई समाहित गर्दछ ।

यस सम्बन्धमा Barry Bozeman को धारणा अनुसार Public Values सिर्जना गर्ने विषयहरु :

१) नागरिकका संविधानतस् प्रेषित गरिएका हक अधिकार, नागरिकलाई प्रदान गरिने र सार्वजनिक लाभहरु तथा जनताका विशेषाधिकारलाई सम्बोधन गर्ने विषय,
२) नागरिकको समाज, राष्ट्र प्रतिको कर्तव्य तथा जिम्मेवारी र नागरिकका बिचमा एक अर्काकोमा पुरा गर्नुपर्ने कर्तव्यका विषयहरु ।
३) सरकारी सार्वजनिक नीति हरुको आधारभूत मूल्य मान्यता तथा सिद्धान्तहरु लाई समेट्ने विषय ।

Mark Moore  को धारणा अनुसार Public Values सिर्जना गर्ने विषयहरु :
१) बजार विनिमय मूल्य भएका तथा बजारिकण गर्न सकिने बाहेकका वस्तु तथा सेवाहरु
२) व्यक्तिगत अधिकार सुरक्षित गर्ने र जवाफदेही तथा उत्तरदायी प्रष्ट पार्ने विषयहरु ।

Timo Meynhardt को धारणा अनुसार  Public Values सिर्जना गर्ने विषयहरु :
Public Values सिर्जना सामाजिक नजरबाट हेरिनुपर्दछ । व्यक्तिका आवश्यकता अनुसार यो फरक फरक हुन्छ । यसैले व्यक्तिको सामाजिक, आर्थिक, राजनैतिक तथा न्यायीक दृष्टिकोणबाट हेरिनुपर्दछ । समाजमा अस्तित्वमा रहनको लागि व्यक्तिले के कस्ता गुणहरुको लाभहरुको अपेक्षा गरेको हुन्छ रु त्यसको आधारमा Public Values का विषयले सम्बन्ध राख्छ । सामाजिक अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने गरी कुनै संयन्त्र तथा सिद्धान्त बन्नुपर्ने हुन्छ ।

John Benington को धारणा अनुसार  Public Values का क्षेत्रहरुले मूख्य तीन वटा प्रश्न र तिनको उत्तर दिने प्रयास गर्दछ ।
कार्यसञ्चालन र प्रशासनिक किसिमले के यो सम्भव छ ?
(उत्तर : इच्छाइएको उद्देश्य प्राप्तीका लागि संचालन क्षमता बढाउने तर्फ ध्यान दिने )
राजनैतिक र कानूनी रुपमा के यो सम्भव छ  ?
(उत्तर : राजनैतिक पहुँच राखी कानूनी बैधता दिने तर्फ अग्रसर हुने )
सार्वजनिक रुपमा महत्व राख्ने खालको उद्देश्य हुन्छ ?
(उत्तर : जति अपेक्षा राखेको हो त्यती बराबरको लक्ष्य प्राप्ती भयो वा भएन ?
बृहत्त रुपमा Public Values का क्षेत्रलाइ यसरी हेर्न सकिन्छ ।
Environmental Values —दीगो विकासको अवधारणाहरुलाई आत्मसात गर्दै वातावरणीय नकारात्मक प्रभाव कम गर्ने खालको कार्यहरु ।
Political value— प्रजातान्त्रिक शासन पद्धती अनुसार जनताको निर्णयमा सक्रिय र अर्थपूर्ण सहभागिता सिर्जना गर्ने विषयहरु तथा कार्यहरु ।
Economic value—आर्थिक क्रियाकलाप वृद्धि गर्ने, आयस्तर, रोजगारी, आर्थिक जीवन स्तर वृद्धि गर्ने तथा स्वस्थ अर्थव्यवस्था कायम गर्ने क्रियाकलापहरु ।
Social and Cultural value— सामाजिक पूँजीलाई वृद्धि गर्ने, सामाजिक सौहार्दता वृद्धि गर्ने, सामाजिक क्रियाकलापमा स्वेच्छिक सदस्यता तथा सक्रिय सहभागिता, अनौपचारिक संगठनहरुको विस्तार, स्थानीय भेला, पैरवी गर्न सक्रिय हुने क्रियालापहरु ।
Public Value को उदाउदो अवधारणामा सरकारको भूमीका Value Creator को रुपमा हुनुपर्दछ । सेवा प्राप्त गर्ने पक्षको सहलगानी, सचेतना, एकिकृत नेतृत्वशैली तथा संजालीकरण सरकारको अवधारणा विकास संगै आएकोले Public Value नयाँ तरिकाबाट सिर्जना हुने गरी परिमार्जन गरिनुपर्दछ भन्ने मान्यताको विकास भइसकेको छ । Public Value को अवधारणा र महत्वको महशुष बढ्दै गएको पाइन्छ । यद्यपी यसले दुई वटा मूख्य प्रश्न उब्जाउदछ :
(१) सिर्जना गर्ने कार्यमा सहभागी सरकार र सरकारसंग सहकार्य गर्ने पक्षहरु,
(२) सार्वजनिक सेवाको व्यवस्थापकहरुले यी उद्देश्यहरु पुरा गर्न के के गर्नुपर्दछ ?
साराशमा सार्वजनिक सेवा प्रवाहको गर्नुको अन्तिम लक्ष्य भनेको राजनीतिमा निर्वाचित व्यक्तिले आश्वासन दिएका व्यक्ति तथा नागरिकहरुमा खुसी तथा उन्नति ल्याउनु हो । लक्ष्य निर्धारण निर्वाचित पदाधिकारी बाट भएपनि कार्यान्वन पक्ष सार्वजनिक प्रशासन नै हो । यसकारण परिवर्तनशील समयानुसार विभिन्न विधि पद्धती मानक राखी बदलिदो जनचाहना पुरा गर्न तर्फ नीति निर्माण पक्ष र कार्यान्वयन पक्षले ध्यान दिनुपर्दछ । सार्वजनिक सेवा प्रवाहको क्षेत्र व्यापक भएको हुदा यसलाइ सिमित समय र लागत परिधि भित्र राखिनु हुदैन । मुलुक सघीयतामा प्रवेश सग सेवा प्रवाहको तल्लो विन्दु अर्थात स्थानिय सरकारले सेवा प्रवाहमा अनुभव गरेका कार्यानुभवलाइ लाइ आधार मानेर सेवा प्रवाहको प्रभावको प्रभावकारिता प्रष्ट हुन सकिन्छ ।

(लेखक सुबेदी पञ्चपुरी नगरपालिकाका सूचना अधिकारी हुन् ।)

प्रकाशित :२०७८ बैशाख १७, शुक्रबार ०८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry