गृह प्रशासन कसैको दबाबमा पर्नुहुदैन, निष्पक्ष भएर काम गर्नुहोस् : सचिव अर्याल

काठमाडौं । गृह मन्त्रालयका नवनियुक्त सचिव एकनारायण अर्यालले गृह प्रशासनको कोही पनि कर्मचारीले कसैको दबाब र प्रभावमा नपरी कानूनबमोजिम जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् ।

Advertisement 1

उनले कर्मचारी प्रशासन र त्यसमा पनि गृह प्रशासनमा रहेको बाह्य दबाब र प्रभावलाई अब पूणर्रुपमा शुन्यमा झार्नुपर्ने बताए । बुधबार मन्त्रालयमा पदबहाली गर्दै गृहसचिव अर्यालले आफूले त्यसबारे सबैलाई आग्रह गर्ने, र तल्ला तहका कर्मचारीहरुलाई पनि त्यहीअनुसार निर्देशन गर्ने बताए ।

‘गृह प्रशासन कमजोर भए सरकार नै कमजोर भएजस्तो देखिने रहेछ । हिजो के भयो त्यसलाई बिर्सिनुस्, विगतमा गृह प्रशासन कमजोर भएको सत्य हो, तर अब ती कुराहरुमा अल्झिनु आवश्यक छैन,’ उनले भने, ‘अब कसरी त्यस्तो हुन नदिने हो त्यसबारे सोचेर हामी अगाडि बढ्न आवश्यक छ ।’

Advertisement 2

उनले प्रशासन कार्यालय प्रशासनजस्तो हुनुपर्ने बताए । ‘गृह मन्त्रालय, गृह मन्त्रालय जस्तो छैन, सिडिओ कार्यालय सिडिओ कार्यालय जस्तो छैन, यो के भएको हो ? किन कमजोर भएको हो भन्ने प्रश्न उठ्ने गरेको छ,’ उनले अघि भने, ‘अब त्यस्तो सुन्न नपरोस् भन्ने मेरो चाहना छ, त्यहीअनुसार काम गर्नुहोला ।’

उनले प्रशासनको जिम्मेवारीमा रहेको कर्मचारीलाई गल्ती गर्ने छुट नभएको बताए ।

Advertisement 3

प्रमुख जिल्ला अधिकारीकोरुपमा रहेका कर्मचारीहरुले कुनै पनि समस्याबाट पन्छिएर भाग्न नमिल्ने उनको भनाइ छ । ‘हाम्रा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीले दिनरात काम गरिरहेका हुन्छन्,’ सचिव अर्यालले भने, ‘यो संगठनको प्रकृति नै त्यो खालको छ । यसलाई बुझ्न नसक्ने यहाँ एडेजस्ट हुन सक्दैन । सिडिओ भइसकेपछि कुनै पनि समस्याबाट भाग्न मिल्दैन, पन्छिन मिल्दैन ।’

उनले गृह प्रशासनमा रहेका कमजोरीहरुलाई सुधार गर्दै आवश्यक श्रोत साधन र संरचनालाई समेत सबल बनाएर लैजाने प्रतिबद्धता जनाए ।

प्रकाशित :२०८० चैत्र १, बिहीबार १०:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry