सुनचाँदीको मूल्य ह्वातै घट्यो

काठमाडौं। विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु १ लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु २ हजार १५० निर्धारण भएको छ। बिहीबार प्रतितोला सुन रु १ लाख ९५ हजार ५०० र चाँदी रु २ हजार २०० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ३ हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

प्रकाशित :२०८२ असार ६, शुक्रबार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry