‘नबिल एसएसई फेलोशिप’को आवेदन माग

काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनर्सिप फेलोसिपका लागि आवेदन माग गरेको छ। बैंकले कार्यक्रमअन्तर्गत चौथो ब्याच २०२४ का लागि आवेदन माग गरेको हो।

Advertisement 1

तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो। सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधिलगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन खुला गरेको हो।

Advertisement 2

इच्छुक व्यक्तिले बैंकको वेबसाइटमा गएर प्रक्रियाअनुसार फर्म भर्न सक्ने छन्।

प्रकाशित :२०८१ श्रावण २९, मंगलवार १४:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम