निसानको म्याग्नाइट एसयुभिको स्मार्ट इडिसन सार्वजनिक, खरिदमा ३ लाखसम्मको सुविधा
काठमाडौं। नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले-निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण(भेरियन्ट) सार्वजनिक गरेको छ। नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि-निसान म्यागनाइट-अब नयाँ स्मार्ट/नवीनतापूर्ण आरामदायी सुविधाहरूसहित उपलब्ध भएको छ।
Advertisement 1
निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभरी (१ मार्च देखि ३१ मार्च २०२४ सम्म) खरिद गर्दा विशेष छूटका साथ आकर्षक मूल्यको लाभ लिन सकिन्छ। यस गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी जम्मा ३ लाख १६ हजार १९६ रुपैयाँ सम्मका फाइदाहरू पाउने कम्पनीले जानकारी दिएको छ।
यी सुविधाहरूमा केही नियम र शर्त लागू हुने कम्पनीको भनाइ छ। निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन) द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउने बताए।
Advertisement 2
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नयाँ म्याग्नाइट स्मार्ट इडिसन, स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताहरूका लागि उपयुक्त हुने बताए।