कुमारी बैंक लिमिटेडद्वारा ‘कुमारी’ तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति

काठमाण्डौं। कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।
Advertisement 1
बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु. १ लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम जम्मा गराउँदै आएको छ। यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु हो।
सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।
प्रकाशित :२०८२ कार्तिक १२, बुधबार ११:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










