दूरसञ्चार क्षेत्र सुधारको लागि स्वतन्त्र कर्मचारी यूनियनले दिएको आठ बुदेँ सुझाव

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक ट्रेड यूनियन स्वतन्त्र कर्मचारी यूनियनले दूरसञ्चार क्षेत्र सुधारका लागि आठ बुदेँ सुझाव दिएको छ । यूनियनले प्राधिकरणबाट हुने नीतिगत कार्यमा गम्भिर चासो व्यक्त गर्दै दुरसञ्चार क्षेत्रको तत्काल सुधारको लागि अग्रगामी कमत चाल्न प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीलाई आठ बुदेँ सुझाव दिएको हो ।

Advertisement 1

यूनियनले दूरसञ्चार क्षेत्रको विकास विस्तार र प्रवद्र्धनमा प्राधिकरण ऐन बमोजिम स्थापित स्वशासित, संगठित संस्थाको साथै दूरसञ्चार क्षेत्रको सम्बन्धमा सरकारको सल्लाहकार हुने भन्ने स्पष्ट व्यवस्था भए पनि प्राधिकरणबाट समस्या हल नगरेर मन्त्रालयबाट राय मागेर मात्रै काम गर्ने विषयले दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय जस्तो विशिष्ट संस्थागत ज्ञान भएको संगठनको कार्यसम्पादनमा ध्यानाकर्षण भएको जनाइएको छ ।

यूनियनले प्राधिकरण पटक पटक विवादित भई यसको साखमा गिरावट आइरहेको अवस्थामा समग्र दूरसञ्चार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा प्रश्न चिन्ह खडा भइरहेको यूनियनका अध्यक्ष शिवराज जैशीले हस्ताक्षर गरेर बुझाएको ुसुझावपत्रमा उल्लेख छ । त्यसैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राधिकरणको असल अभिभावकीय भूमिका निर्वाह गरी प्राधिकरणलाई एक सशक्त नियामक निकायको रुपमा स्थापित गर्न सहजिकरणका लागिसमेत आग्रह गरिएको छ ।

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ १, मंगलवार २३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry