सहसचिव पाण्डेको संयोजकत्वमा दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिको सदस्यमा मन्त्रालयका उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष भट्टराई रहेका छन् भने गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।

Advertisement 1

प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत पाँच गते सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए । छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ । व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषय पहिचान गर्न समितिलाई भनिएको छ ।

प्रकाशित :२०८० चैत्र १७, शनिबार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry