सचिव भएको बर्ष दिनमैं पाण्डेले किनेका थिए सात करोडको बंगला
नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको आरोपमा हाइप्रोफाइलवाला मानिएका बहालवाला सचिव टेकनारायण पाण्डे नै अहिले प्रहरी हिरासतमा छन् ।
१३ महिना समय गृह सचिव भएर काम गरेका पाण्डेले विचौलियाको स्वार्थ अनुसार काम गरेको भेटिएको अनुसन्धानमा सहभागी प्रहरी अधिकृतहरु बताउँछन् । पूर्व सहसचिव तथा कार्यदलका संयोजक बालकृष्ण पन्थीका प्रतिवेदनका कतिपय बुँदामा कैची चलाउने काम समेत भएको भेटिएको छ । बालकृष्ण खाँण पत्नी मञ्जुको विशेष इच्छामा गृहमा पुगेका पाण्डे गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर ठग्ने गिरोहलाई सघाएको भेटिएको छ । यस्का अलवा अहिले हिरासतमा रहेका सचिव पाण्डे र दुलालको बीचमा ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।
Advertisement 1
यस्तै ललितपुर महानगरपालिका–२३ का सानु भण्डारी र दुलालसँग सचिव पाण्डेको कनेक्सन देखिएको अनुसन्धानमा संग्लग्न प्रहरी अधिकारीहरु बताउँछन् । यस्का अलवा उनले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग समेत कमिसनका बिषयमा कुराकानी गरेको भेटिएको छ । प्रहरीले समात्नु अघि नै मोवाइल फरम्याट गरेका पाण्डेले चलाउने मोवाइल रिकभर गरी हेर्दा तत्कालीन गृहमन्त्री खाँणसँग कुराकानी भएको समेत भेटिएको छ । खाँणका स्वकीय सचिव केसीले पनि ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट यो तथ्य उजागर भएको प्रहरी दाबी छ ।
Advertisement 2
हुन त पाण्डेले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । तर प्रहरीले डाटा रिकभर गरेर च्याट गरिएको प्रमाण फेला पारेको हो । प्रहरीले मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढेपछि मात्रै खाँणलाई पक्राउ गरेको हो ।
खाँणले आफू गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको र ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाख भन्दा धेरै रकम लिएको प्रमाण भेटिएको छ ।
यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाँणलाई बुझाउन बिचौलियासँग रकम लिएको स्वीकार गरेको प्रहरी अधिकारीहरुको भनाइ छ ।
Advertisement 3
यता गृह सचिव भए लगतै पाण्डेले काठमाडौंको पेप्सीकोलामा सात करोडको बंगला गरेको बताइएको छ । उक्त बंगला खरिद समेत त्यही भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाट किनिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
पाण्डे शिक्षा सेवाका कर्मचारी हुन । लामो समयसम्म शिक्षा सेवामै बिताएका उनी सचिव भए पछि केही समय भूमिसुधार मन्त्रालयमा बिताए । त्यहाँ हुँदा गिरीबन्धु टी प्रकरणमा मुछिए । उनलाई चिन्ने र जान्नेहरुका अनुसार सचिव पाण्डे उनी सचिवमा उक्लिएको वर्ष दिन पछि नै काठमाडौं पेप्सीकोला स्थित टाउन प्लानिङमा करिब ९ आना क्षेत्रफल जग्गाामा आलिसान महल बनाएका हुन ।