नेपाल टेलिकमका प्राविधिक सिटौलाविरुद्ध डेढ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा  दर्ता

काठमाडौं । डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दर्ता गरेको छ ।

Advertisement 1

उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक(धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९-०७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको आयोगका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।

Advertisement 2

उनका अनुसार विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएर हिमडुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हो ।

आयोगले गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित :२०८० चैत्र ४, आईतवार २०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम