०७८ सालमा सार्वजनिक बिदा कहिले- कहिले ? हेर्नुहोस राजपत्रमा

सरकारले आगामी बर्ष अर्थात ०७८ सालमा सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । सरकारले अघिल्लो तीन बर्षदेखि कटौती गरेका केही पर्वको विदा यसपटकबाट फेरि दिने भएको छ । जसअनुसार,तीन बर्ष अघि प्रधानमन्त्री ओली हुँदा कटौतीमा परेका चार वटा चाडपर्व बिदा पुन कायम भएको राजपत्रमा प्रकाशन भएको छ । योसँगै ०७८ सालमा शनिवारबाहेकका सार्वजनिक बिदा २३ दिन हुने भएको छ ।
Advertisement 1
०७७ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा २३ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी छ । बैशाखमा नयाँ बर्ष,भदौ ६ गते रक्षाबन्धन,असोज २१ गते घटस्थापना,कार्तिक २४ गते छठ पर्व,माघ १ गते माघे संक्रान्ति र फागुन पूर्णिमाका दिन १७ गते सार्वजनिक बिदा दिइने भएको छ ।
Advertisement 2
यस बर्ष बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
यता गृह मन्त्रालयले भने ०७८ सालका केही पर्वहरुमा तीन बर्ष अघि कटौती गरिएको बिदा फेरि कायम गरेसँगै ४ दिन बिदा थपिने भएको हो । जसअनुसार जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । जसअनुसार ६ भदौ जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । अन्य विदा भने कायमै राखिएको छ ।जसअनुसार,०७८ सालमा ५२ वटा शनिवारसमेत जोड्दा ७५ दिन सार्वजनिक बिदा हुनेछ ।
Advertisement 3
यस्तै सम्बन्धित धर्म,संष्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा विदा हुनेछ । महिला कर्मचारीहरुका लागि मात्र,शिक्षण संस्थामात्र,काठमाडौं उपत्याकामा मात्र गाइजात्रा,इन्द्रजात्रा,भोटो देखाउने जात्रा र घोडा जात्राको अवसरमा बिदा हुनेछ ।यस्तै ५ दिन विभिन्न पर्व तथा दिवस विदा दिइनेछ ।