दुई सचिव, कोरोना संक्रमित

पछिल्लो समय भीआईपीहरूलाई कोरोना संक्रमण पुष्टि हुनेक्रम बढ्दै गएको छ। प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद थपलियादेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि संक्रमण पुष्टि भइसकेको छ ।
Advertisement 1
त्यस्तै पार्टीको महाधिवेशन सकाएर उच्चस्तरीय राजनीतिक समन्वय समिति र सत्तारूढ गठबन्धनको बैठकमा सहभागी भएपछि गत शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
दाहालमा संक्रमण पुष्टि भएपछि सोही बैठकमा सँगै रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि आइसोलेसन बसे । प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।
Advertisement 2
देउवा र दाहालसँगै एउटै बैठकमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।
माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी, शिक्षामन्त्रीसमेत रहेका माओवादी नेता देवेन्द्र पौडेललाई पनि संक्रमण पुष्टि भएको छ ।
Advertisement 3