सशस्त्रका डीआईजी शाह उत्कृष्ट बाहिनीपति

सशस्त्र प्रहरी बलले यो वर्षको उत्कृष्ट बाहिनी अवार्ड छिन्नमस्ता बाहिनीका नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र शाहलाई प्रदान गर्ने भएको छ ।

Advertisement 1

बुधबार हुन लागेको २३औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा सो अवार्ड प्रदान गरिने भएको हो । छिन्नमस्ता बाहिनी बर्दिबासमा कार्यरत डीआईजी शाहलाई आठ बाहिनीपतिमध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरूमध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ । आठ ओटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो ।

Advertisement 2

मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाईसमेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डीआईजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौँ बोलाइसकेको छ ।

उनी काठमाडौ आइसकेको मूख्यालयका एक अधिकृतले बताए । वर्षभर उत्कृष्ट भएका बाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

Advertisement 3

हरेक वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ । देशभर एआईजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ ।

 

 

प्रकाशित :२०८० माघ ९, मंगलवार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry