आफ्नै कर्मचारीमाथि बलात्कारको प्रयास

पर्सामा एक दलित कर्मचारीमाथी बलात्कारको प्रयास भएको छ । पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना सार्वजनिक भएको छ ।

Advertisement 1

नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ। सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ। पीडक हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफन्तले जनाए।पीडित महिला र उनको श्रीमान् जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ।

पीडित महिलाका अनुसार राति खाना पकाउने समयमा सरसफाइ गर्नु छ भन्दै नगरपालिकामा बोलाइएको थियो ।‘कार्यालय भवनको भुइँ तल्लामा रहेको स्वास्थ्य शाखामा सरसफाइ गर्ने क्रममा नाइके रामबली हजाराले कोठाको चुकुल लगाएर जबरजस्ती करणी प्रयास गरेका थिए,’ ती महिलाले भनिन्, ‘मैले होहल्ला गर्न थालेपछि ढोका खोलेर पर्खाल हामफालेर भागेका थिए ।’ नाइकेले ‘अन्यले माथिल्लो तल्लामा सरसफाइ गर्दै छन्, तिमी यही भुइँ तल्लामा सरसफाइ गर’ भन्दै काम लगाएका थिए । सरसफाइ शाखा प्रमुख विनोद पाण्डेले कार्यालयले समेत घटनाको यर्थार्थ छानबिन थालेको बताए ।

Advertisement 2

पिडितले बलात्कार प्रयासको उजरी दिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक मोहन बिक्रम केसीले वताए ।प्रहरि निरिक्षक केसीले भने “बलात्कार प्रयासको उजरी आएपछि पिडितको स्वास्थ्य परिक्षणको लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको छ, घटना बारे थप अनुसन्धान भइरहेको छ ।”

प्रकाशित :२०८० पुष १, आईतवार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry