कर्मचारीमाथि महाप्रबन्धक निरौलाको अत्याचार

राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रवन्धक रामकृष्ण निरौलाले नियम कानुनको धज्जी उडाँउदै त्यहाँका कर्मचारीमाथि अत्याचार गरेको कर्मचारीहरुले आरोप लगाउन थालेका छन् ।
निरौलाले त्यहाँका २७ जना करारका कर्मचारीहरुको जर्वजस्त नियुक्ति रद्ध गरेसँगै सो निकायमा कार्यरत कर्मचारीहरु महाप्रवन्धक निरौलासँग फायर भएका हुन ।

Advertisement 1

सहरी विकास मत्रालय अन्तर्गतको राष्ट्रिय आवास कम्पनीमा नियुक्ति भएका महाप्रबन्धक तेह्रथुम जिल्ला लालीगुराँस नगर पालिकाक पूर्व राहत शिक्षक राम कृष्ण निरौलाले अत्याचार गर्न थालेको पीडित कर्मचारीहरुले इकर्मचारी डटकमसँग गुनासो पोखेका छन् ।
निरौलाले पूर्व महाप्रबन्धक नारायण प्रसाद बास्तोलाले करार सेवामा राखेका कर्मचारीलाई प्रकृया पुगेन भनेर धमाधम हटाउने प्रक्रिया अगाडि बढाएका छन् । सम्झौतामा उल्लेख भएको अबधि भन्दा अगाबै कुनै तलब सुबिधा नदिई मिति उनीहरुलाई हटाइएपछि करारका कर्मचारीहरु क्रुद्ध भएका छन् । ७९ कार्तिक १ गते बाट सेवा करार रद्ध गरियो भनि आफ्नो महाप्रबन्धकको आधिकार भन्दा बाहिर गएर पुर्ब महाबन्धको निर्णय रद्ध गरेको हुन निरौलाले ।

राम कृष्ण निरौला मन्त्रि सिता गुरुङको आफ्नै गाउँको कार्यकर्ता हुन । मन्त्रीलाई शुभ लाभ दिएर उनी महाप्रवन्धकमा नियुती भएको हुन । उनले पुर्ब महाप्रबन्धकको निर्णय रद्द गर्ने आधिकार आफू भन्दा माथिल्लो निकाय संचालक समितिलाई हुनु पर्ने ब्यबस्था कम्पनिको विनियमावलिमा उल्लेख हुँदा हुँदै कम्पनी सचिब लगायत अन्य कर्मचारीहरुको तथ्यहिन कुराहरु सुनेर मन्त्रीको पावरको घमण्डको कारण कार्यरत २७ जना करार कर्मचारीहरुको नियुक्ति रद्द गरेका छन।

Advertisement 2

महाप्रवन्धक निरौलाले यस आर्थिक बर्षको बजेट तथा निति कार्यक्रम स्वीकृत नगरि अन्य स्थायी,अस्थायी र आफुले समेत हाजिर भएको २ दिनमा तलब भत्ता र सेवा सुबिधा लिएर कम्पनीको सम्पत्ति हिनामिना र दुरुपयोग गरेको इकर्मचारी डटकमको सम्पर्कमा आएका कर्मचारीहरुको आरोप छ ।सेवा करारमा कर्मचारी यस्तो गतिविधि देखाउने महाप्रबन्धकको विरुद्धमा आन्दोलन तथा कार्यालय घेराउ गर्ने तयारीमा रहेको त्यहाँ कार्यरत करार कर्मचारी ले जानकारी गरायका छ्न।

महाप्रबन्धकको यो गतिविधि देख्दा देख्दै कम्पनीको संचालक समिति र शहरी विकास मन्त्रालय चुप चाप छ । अन्तरिक स्रोत अनुसार कार्यरत सेवा करार का कर्मचारी निकालेर मन्त्री ,र आफ्नो आफ्न्त र कर्याकर्तालाई भर्ना गर्ने तयारी भइरहेको बताइएको छ ।

Advertisement 3

उता कम्पनीका अध्यक्ष संदीपकुमार मिश्रले कानुनविपरीत मासिक ७२ हजार रुपैयाँ तलब बुझ्दै आएका छन् । अध्यक्षलाई गाडी सुविधा नभए पनि उनले बा १ ञ २४१७ नम्बरको कम्पनीको नाममा रहेको स्कारपियो गाडी समेत प्रयोग गर्दै आएका छन् । करारका कर्मचारीहरुले साउनदेखि तलब पाएका छैनन् । उल्टै करारमा कार्यरत कर्मचारीहरुको करार नवीकरण नगर्न/ नगराउन भूमिका खेलिरहेका आरोप छ,उनीमाथि पनि ।

प्रकाशित :२०८० कार्तिक ११, शनिबार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम