दुई जिल्ला कमाण्ड गरिसकेका पहाडी कसरी हाँक्दैछन् महोत्तरी प्रशासन ?

महोत्तरी जिल्लाको प्रशासनिक नेतृत्व अहिले सिन्धुलीका दीपक कुमार पहाडीको काँधमा छ । निजामती सेवामा झण्डै ३५ बर्ष सेवा बिताइसकेका पहाडी कुशल प्रशासक दरिएका छन् । यस अघि नै उदयपुर,रामेछाप जिल्ला प्रशासनको नेतृत्व गरिसकेका पहाडी गत बर्ष (असोज)देखि महोत्तरीको प्रशासनको कमाण्ड सम्हाल्दै छन् । अवकाशको मुखमा रहेका पहाडीले महोत्तरी जिल्लाको कमाण्ड गर्न थालेको ११ महिना समय पूरा भइसकेको छ ।

Advertisement 1

महोत्तरी जिल्ला,एकातिर सीमा प्रशासनमा हुने अपराध,महिला बालबालिका बेचबिखन,लागू औषध,जाली नोटको कारोवार बढी हुने क्षेत्र,अर्काेतिर मिटर व्याजीहरुले आक्रान्त पारेको जिल्ला पनि । यस्तो जिल्लामा बसेर कसरी काम गरिरहेका छन् त पहाडी ?

हाम्रा सहकर्मी सरोज पोखरेलले जिज्ञासा राखे,महोत्तरी प्रशासनको नेतृत्व सम्हाल्न थाल्नुभएको ११ महिनामा सुधारका के के काम गर्नुभयो ?

Advertisement 2

पहाडीका अनुसार,उनी महोत्तरीमा पुग्दा त्यहाँ डाटा अभिलेखीकरणको राम्रो व्यवस्था थिएन । डाटा अभिलेखीकरण नहुँदा सेवाग्राहीलाई दिइने सेवा प्रवाहमा ढिलासुस्ती र झण्झट हुँदै आएको थियो । उनले प्रशासनको डाटा अभिलेखीकरण व्यवस्थित गर्ने काम भएसँगै अहिले सेवा प्रवाहमा सुधार आएको दावा गर्दछन् उनी ।

यस अघि भएका अभिलेखलाई अनलाइनमा राखेर हार्ड कपी व्यवस्थित भएसँगै सेवाग्राहीको सेवा प्रवाह छिटो छरितो भएको छ । यस्का अलवा कार्यालयभित्रै बैंकको व्यवस्था मिलाइएको छ । यसो हुँदा राजश्व तिर्नका लागि परपरसम्म पुग्नुपर्ने झन्झटबाट सेवाग्राहीहरु मुक्त भएका छन् । कार्यालय परिसरभित्रै हुलाक टिकट पाइने व्यवस्था मिलाइएको छ । यस अघि राष्ट्रिय परिचय पत्र लिनका लागि रातभर लाइन लाग्नुपर्ने हुँदा सास्ती खेप्दै आएका थिए । अहिले टोकन र सिफ्ट सिष्टम लागू गरेसँगै लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य भएको छ । बिहान ६ बजे एउटा सिफ्ट र अर्काे दश बजे गरी दुई सिफट्मा काम शुरु गरिएसँगै सेवाग्राहीले पाउने राष्ट्रिय परिचय पाउनका लागि यस अघिको झण्झटिलो व्यवस्था अन्त्य भएको छ ।

Advertisement 3

नियमित सेवा प्रवाहलाई गुनासो रहित बनाउने बिषयमै आफ्नो ध्यान केन्द्रीत रहेको बताउँछन् प्रमुख जिल्ला अधिकारी पहाडी । मूल सफा भयो भने तल धारामा पनि पानी सफा आउने हो । नेतृत्वले त्यही अनुसार निर्देश गरेसँगै कर्मचारीहरु सोही अनुसार सेवाग्राहीको पीर मर्का र दुखमा साथ दिन,सेवाप्रवाह गर्दा झर्काे नमान्न निर्देशन पाएका कारण सेवाग्राहीहरु समेत महोत्तरी प्रशासनको सेवाबाट खुसी र सन्तृष्ट रहेको बताउँछन् ।

यस्का अलवा प्रमुख जिल्ला अधिकारी नै जिल्ला विपत व्यवस्था रहेको हुन्छ । विपत बाजा बजाएर आउँदैन । विपत जहाँ र जतिखेर पनि आउन सक्छ,अकस्मात आउँछ । विपतबाट बच्नका लागि पूर्व तयारी जरुरी हुन्छ । विपदको समयमा रेस्क्युका लागि उपलव्ध भएका स्रोत साधनलाई व्यवस्थित गर्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् ।
पहाडी त्यहाँ पुगेसँगै कार्यालयका कामहरु मात्र होइन जिल्लाभरी रहेका सरकारी र सार्वजनिक सम्पत्तिहरुको अभिलेखीकरण गर्ने काम समेत गरिसकेका छन् । सरकारी वा सार्वजनिक सम्पतिको हिनामिना,राज्यको सम्पत्ति कब्जा गर्ने प्रवृत्ति रोक्नका लागि जिल्लाभरी भएका सार्वजनिक सम्पत्तिहरुको अभिलेखीकरण गर्ने काम सम्पन्न भइसकेको छ । जिल्लामा के कति सार्वजनिक सम्पत्तिहरु तिनको डाटा राख्ने काम गरेका छौं ।

महोत्तरी जिल्ला दक्षिणी छिमेकी मुलुक भारतसँग सीमाना जोडिएको जिल्ला हो । सीमा क्षेत्र सम्बदेनशील हुन्छ । अवैध चोरी शिकार, सीमा क्षेत्रमा हुने गतिविधि निगरानी समेत प्रमुख जिल्ला अधिकारीको काँधमा पर्ने गर्दछ । सीमा क्षेत्रमा विशेष गरी मानव वेचबिखन, अवैध चोरी शिकारी नियन्त्रण, अवैध सामान वन्यजन्तु जडिबुडी,अवैध नसालु पदार्थ ओसार पसार, पारस्परिक सुरक्षा, नक्कली नोट, सीमा क्षेत्रमा हुने आइएसका गतिविधि,सीमा स्तम्भको अवस्था र तिनको संरक्षण तथा सम्बद्र्धन,सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागूऔषध ओसारपसार नियन्त्रण समेत प्रमुख जिल्ला अधिकारी चनाखो हुनुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी पहाडीको अनुसार महोत्तरी जिल्ला सीमा क्षेत्र पनि भएका कारण सीमामा हुने लागू औषध,कालो र जाली धनको ओसार पसार नियन्त्रणतर्फ ध्यान केन्द्रीत गरेका छौं । सुरक्षा,तस्करी नियन्त्रण,दशगजामा भएको अतिक्रमण नियन्त्रण,पिल्लरहरुको मर्मत सम्भारको काम प्रथामिकतामा राखेर गर्दै आएको बताउँछन् ।

महोत्तरीमा सबैभन्दा बढी मिटरव्याजका घटनाहरु देखिएका छन् । पछिल्लो तीन चार महिनाको अवधिमा मात्र ३ सय १६ बढी मिटर व्याजका केश सेटल भइसकेका छन् । साहुनजबाट १८ बिघासम्म सम्पत्ति फिर्ता दिलाउने काम भएको छ । यस्तै झण्डै २९ करोड साहुले दावा गरेकोमा झण्डै ११ करोडमा केश मिलाइएको छ । यसरी दुइ पक्षीय मेलमिलाप गराउँदा उनीहरुमा खुसी मिलेको पहाडीको अनुभव छ ।

 

प्रकाशित :२०८० भाद्र ९, शनिबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry