छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसल खोलेका छन् र पठाओ चलाउँछन्
५२ वर्षीय पुनम मिश्र श्रीमती र एक छोरासँग ललितपुरको नख्खुमा बस्छन्। त्यहीँ उनीहरूको चिया पसल छ।११ वर्षीय छोरालाई रक्त क्यान्सर भएका कारण उपचारका लागि दैनिक सङ्घर्ष गरिरहेका छन् यी दम्पती।श्रीमतीसँग बिहान बेलुकी चिया पसलमा काम गर्छन् उनी र समय मिलाएर पठाओ चलाउँछन्।“मलाई सानो छँदा पोलियो भएका कारण दाहिने खुट्टामा समस्या छ। म त्यति काम गर्न सक्दिन। तर पनि सके जाति काम गरेर पैसा जम्मा गर्न खोजिरहेको छु,” मिश्रले बताए।
Advertisement 1
केही दिनदेखि फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ । पठाओको लुगा लगाएको एक जना व्यक्तिले ४ पाङ्ग्रे स्कुटरमा प्यासेन्जर बोकेर हिँडिरहेको उक्त तस्विर फेसबुकमा धेरै भन्दा धेरै शेयर भएको छ । त्यो फोटो कसले खिच्यो भन्ने अहिलेसम्म थाहा
भएको छैन ।फेसबुकमा भाइरल भएका व्यक्ति हुन् पुनम मिश्र । उनले पठाओमा काम गर्न सुरु गरेको २ वर्ष हुन लाग्यो । नख्खु देखि १ किलोमिटर भित्र उनको एउटा सानो पसल र कोठा छ
यात्रु लिएर हिड्न तयारी अवस्थामा
Advertisement 2
पठाओसँग उक्त भाइरल व्यक्तिको नम्बर मागेर हामी उनलाई भेट्न जावलाखेल गयौँ । जावलाखेलमा उनले हामीलाई कुरिरहेका थिए । उनीसँग भेट भएपछि वास्तविक अवस्था बुझ्ने हेतुले उनकै निवास नख्खु पुग्यौँ ।फेसबुकमा भाइरल भएका व्यक्ति हुन् पुनम मिश्र । उनले पठाओमा काम गर्न सुरु गरेको २ वर्ष हुन लाग्यो । नख्खु देखि १ किलोमिटर भित्र उनको एउटा सानो पसल र कोठा छ । जहाँ उनीहरू ३ जना बस्छन् । उनकी श्रीमती पसल चलाउँछिन् भने उनी पठाओ मा काम गर्छन् ।मिठो बोली र हँसिलो स्वभावका मिश्र पोलियोबाट ग्रस्त भएका हुन् । पोलियोको कारण उनको खुट्टाले काम गर्दैन । उनी खुट्टा खोच्याउँदै स्कुटर भए ठाउँमा आइपुग्छन् र वैशाखीको सहारामा आफ्नो यात्रा गर्छन् ।
मनमा जतिसुकै पीडा भए पनि उनमा काम गर्ने जोस र हिम्मत छ । उनीभित्र पनि दुखका पहाडहरू धेरै छन् । जसलाई चिर्दै उनी अहिले ५३ औँ वसन्तमा हिँडिरहेका छन् । एक मात्र सहाराको रूपमा रहेका बुबाले पनि छाडेर हिँडेँ । अब उपचार सम्भव छैन भनेर बुबाले छाडेर हिँडेको उनी बताउँछन् ।सानैमा आमा बितेपछि बुबाले उपचार गर्न काठमाडौँ ल्याए । त्यो समयमा पोलियोलाई अत्यन्तै जटिल रोगको रूपमा लिने गरिन्थ्यो । पोलियो रोग, पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो यस्ले शरिरका अंगहरु अति शीघ्र लुलो र पक्षाघात बनाउनुको साथै मृत्यु समेत हुनसक्ने हुनाले मानिसहरू यो रोग सँग डराउँथे ।
Advertisement 3
२ वर्ष सम्म उपचार गराउँदा निको नभएपछि एक मात्र सहाराको रूपमा रहेका बुबाले पनि छाडेर हिँडेँ । अब उपचार सम्भव छैन भनेर बुबाले छाडेर हिँडेको उनी बताउँछन् ।
बुबाले काकाको सहारामा छाडेको भए पनि उपचारको सम्भावना नभएपछि काकाले पनि छाडेर गए । उनको बाल मस्तिष्कले केही कुरा सोच्नै सकेन । पछि उनी धोबिघाटको अनाथ आश्रममा बस्न थाले जहाँ टुहुरा बालबालिकाहरूलाई राख्ने गरिन्थ्यो । उनले औपचारिक शिक्षा, संस्कार र औषधी उपचार त्यही आश्रमबाट पाएको बताए ।
दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस २२ वर्षको उमेरमा उनी आश्रमबाट निस्किए र बाहिर काम गर्न सुरु गरे । धेरै समय धर्मपुत्र भएर घरको काम गर्न थाले । यो समयमा उनले जीवनलाई नजिकबाट नियाल्न पाए । दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो । २२ वर्षको उमेरमा उनी आश्रमबाट निस्किए र बाहिर काम गर्न सुरु गरे । धेरै समय धर्मपुत्र भएर घरको काम गर्न थाले । यो समयमा उनले जीवनलाई नजिकबाट नियाल्न पाए । दु:ख के हो भन्ने कुरा थाहा पाए । सङ्घर्ष नै जीवन हो, जसरी हुन्छ आफ्नो जीविकोपार्जन गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो ।
उनी भन्छन्, ‘हामी सुख सयल चाहन्छौँ, प्रथम हुन चाहन्छौ । यो कुनै नराम्रो कुरा होइन। तर जो कोही व्यक्ति परीक्षा बिना सफल बन्न सक्दैन,सफल बन्न परीक्षा दिनुपर्छ परीक्षा दिनका निम्ति मेहिनत र परिश्रम गर्नुपर्छ । हामी दु:खको खाडलमा पुरिएको महसुस गर्छौ , दु:खको जालोमा फसेझैँ ठान्दछौँ तर सुखलाई हामीले भित्रदेखि नै किन महसुस गर्न सकेका छैनौँ ?
एउटा मात्र सन्तानलाई ब्लड क्यान्सर भएको खबर पाएपछि उनीहरूको हालत झन् खराब भयो । ३ वर्ष अस्पतालमा बिताए । कति रात त रोएर नै बित्यो । एक मात्र सन्तानलाई क्यान्सर जस्तो घातक रोग लागेपछि उनीहरू माथि परेको बज्रपात त हामी कल्पना पनि गर्न सक्दैनौँ । विभिन्न सङ्घसंस्थाहरू र साथी भाइहरूको सहयोग र आफूले मेहनत गरेर कमाएको पैसाले छोराको उपचार गर्न सफल भएको उनी बताउँछन् । उनको छोरा अहिले क्यान्सर मुक्त भएका छन् तर पनि बाबुआमा छोराको स्वास्थ्यप्रति उनीहरू सचेत छन् । त्यसैले महिनैपिच्छे चेकअपको लागि अस्पताल पुराउँछन् ।
उनी आफ्नो पेसा र पठाओ प्रति सन्तुष्ट देखिए । उनीसँग कुरा गरिरहँदा सकारात्मक सोच हाबी भएको थाहा हुन्छ । पठाओले गर्दा नै आफूले पैसा कमाउने बाटो पाएको भन्दै उनी खुसी देखिन्थे । तर अहिले पठाओको राईडर धेरै भएकोले गर्दा ट्रिप पाउन अलि मुस्किल भएको गुनासो पोखे । उनले दिनमा ३ देखि ८ ओटा सम्म ट्रिप गर्छन् ।
उनले भने, ‘कहिले काहीँ पठाओले कस्टुमरहरुले डिस्काउन्ट दिने रहेछ । मैले एक पटक जाउलाखेल देखि स्वयम्भूको डाँडासम्म पुराउँदा जम्मा ४५ रुपैंया पाए । पछि पठाओले पैसा म्यानेज गर्ने भए नि कहिले कहिले गोजीमा पैसा नभएर पेट्रोल सकिँदा गाह्रो अवस्था आउन सक्छ ।’